पर्वतको जलजलामा साहना निर्माण सेवाद्धारा एकहजार मास्क निशुल्क वितरण - News site from Nepal

पर्वत- पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित साहना निर्माण सेवाले जलजला गाउँपालिकामा एकहजार मास्क निशुल्क वितरण गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप न्यूनिकरण गर्न गरिब तथा विपन्न परिवारलाई निशुल्क रुपमा मास्क वितरण गरेको निर्माण सेवाका सञ्चालक बाबुराम कार्की र शिव जिसीले बताउनुभएको छ । मंगलबार जलजलाका १,२,३,४ र ५ नम्बर वडामा रहेका विपन्न तथा गरिब परिवार तथा स्वास्थ्य चौकी र प्रहरीहरुलाई मास्क वितरण गरेको कार्कीले बताउनुभयो ।

गाउँपालिकाका सवै वडाका विपन्न,गरिब,स्वास्थ्य केन्द्र र सु्रक्षाकर्मीहरुलाई मास्क वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न आफूहरुले मास्क वितरण गरेको जिसीले बताउनुभयो । बजारमा मास्कको अभाव भएको र विपन्नहरुले खरिद गरेर प्रयोग गर्न समस्या भएकाले सहयोग गरेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!