वालिङमा रमाईलो मेला सम्पन्न, पर्यटननै समृद्धिको मुख्य आधार होः मन्त्री लम्साल - News site from Nepal

 

पोखरा
गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटननै समृद्धिको मुख्य आधार रहेको बताउनु भएको छ । ‘पहिला देश अनि मात्र विदेश’ भन्ने मुल नाराका साथ वण्डरफूल वालिङ पर्यटन विकास संस्था र वालिङ नगरपालिकाको आयोजना गरेको प्रथम वालिङ सांस्कृतिक तथा आन्तरीक पर्यटन रमाईलो मेलाको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री लम्साले गण्डकी प्रदेश सरकारले पर्यटनबाट समृद्धि हासिल गर्नको लागि अभियान नै चालएर अगाडी बढीरहेको बताउनु भएको हो ।
पर्यटनमा गण्डकी प्रदेश अत्यन्तै रमण्ीाय प्रकृति, संस्कृति र भुगोलमा साहशीक खेलका लागि विभिन्न सम्भावनाहरु बोकेको बताउर्दै मन्त्री लम्सालले पर्यटनका विभिन्न प्रकारहरु रहेको र ति सबैलाई देखेर नै देशको समृद्धिको लागी पर्यटनलाई नै मुख्य आधार मानेर अगाडी बढाएको बताउनु भयो ।
उहाँले वन्डरफुल वालिङ पर्यटन विकास संस्थाले गण्डकी प्रदेश सरकार र नेपाल सरकारले सुरु गरेको भम्रण वर्षलाई लक्षित गरेर आयोजना गरेको पर्यटन मेलामा राखेका विभिन्न घरेलु सामानहरुले हाम्रो मौलिकतालाई झल्काएको भन्र्दै आभार व्यक्त गर्दै सिर्जनशिल कामको लागी शुभकामना दिनु भएको छ । समापन समारोहमा वन्डरफुल वालिङ प्रर्दशन गरेको तयार पारेको भिडियो वृत्त चित्र र अन्तराष्ट्रिय माउन्टेन बाईक प्रतियोगिताको भिडियो हेरेपछि साइकलिङको राम्रो सुरुवात गरेको भन्दै आन्तरीक तथा बाह्य पर्यटन भित्राउन यस्ले ठुलो सहयोग गर्ने बताउनु भयो । वन्डरफुल वालिङको जुन सपना छ त्यो पुरा हुने छ मन्त्री लम्सालले भन्नु भयो यहाँहरुले गरेको पर्यटन प्रर्वद्धन सम्बन्धि कामलाई पर्यटनमन्त्रालयले सहयोग गर्न तयार छ ।
पोखरा आउने पर्यटक वालिङ ल्याउन सकिन्छ यहाँहरुले काम गर्नुस गण्डकी प्रदेश सरकारले सहयोग गर्नेछ । बिदेशीएका यूवाहरुलाई स्वदेशमै पसिना बगाउन आग्रह गर्दै उहाँले यूवाहरुले थालनी गर्ने परिणाममुखी कामको लागि सरकारले जस्तुसुकै वातावरण बनाउन तयार रहेको बताउनुभयो । यूवाहरुलाई उच्च मनोबलका साथ काम गर्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले वन्डरफुल वालिङले तयार पारेको भिडीयो वृत्त चित्रलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयमा पठाउन आग्रह गर्दै त्यसलाई भ्रमण वर्षको अभिलेखमा राख्ने उल्लेख गर्नु भयो । कार्यक्रममा प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मी, वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांण, नेकपा जिल्ला अध्यक्ष पारस गैह्रै, कागे्रसका वालिङ नगरसचिव भुपराज बगाले, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलल गायतले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएकोमा शुभकामना दिनुभएको थियो ।
‘पहिला देश अनि मात्र विदेश’ भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा वालिङ नगरपालिका तथा आसपासका क्षेत्रमा भएका पर्यटकीय संभावनाहरुको पहिचान, प्रवद्र्धन, सम्वद्र्धन र विकास गर्दै स्थानीय समुदायको नेतृत्वमा वालिङलाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने प्रयास गरिएको वन्डरफुल वालिङ पर्यटन विकास संस्थाका अध्यक्ष दिनकर नेपालले बताउनु भयो ।
अन्य ब्यापारिक मेला महोत्सव, रमाईलो मेलाहरु भन्दा यो आन्तरीक पर्यटन रमाईलो मेला फरक प्रकृतिको रहेको भन्दै यस्तै कार्यक्रमहरु आगामी दिनहरुमा पनि संस्थाले गर्दै जाने मेला आयोजक समितिका संयोजक आशिषप्रताप खाँणले जानकारी दिनु भयो ।
मेला जिल्लामै पहिलोपटक खोला किनारमा खेलिने विच भलिबल प्रतियोगिता, पञ्चे बाजा प्रतियोगिता, फोटो तथा भिडियो प्रतियोगिता, विभिन्न व्यक्तित्वहरुबीच संस्कृति र पर्यटनसम्बन्धी बहसको आयोजना गरिएको थियो ।
। मेला अवधिभर हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारका साथै विभिन्न व्याण्डहरुको कन्र्सट तथा स्थानीय प्रतिभाहरुलाई स्टेज प्रदान गरिएको कलाकार व्यवस्थापन समिति संयोजक मणिप्रसाद अर्यालले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!