
पर्वत– पर्वतमा विगत एघार दिनदेखि जारी पर्वत महोत्सव आज समापन हुँदैछ । महोत्सवको आज अन्तिम दिन भलिवल, भजन, रत्यौली, र नृत्य प्रतियोगिताको फाईनल हुने छ ।
भने विभिन्न कलाकारहरुको प्रस्तुती पनि रहने छ । आज साँझ गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।
शेरचनले विभिन्न प्रतियोगिताहरुमा बिजयी समुहलाई पुरस्कार वितरण गर्नुहुनेछ । आज सम्म महोत्सवमा साढे चार करोडको कारोबार भएको छ भने तीन लाख बढि दर्शकले अवलोकन गरेको आयोजकको दावी छ ।
महोत्सवको अन्तिम दिन आज कलाकारहरु चर्चित गायक बद्री पंगिनी, शोभा त्रिपाठी, सिता राना, कृष्ण अखेली लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ भने हास्य कलाकारमा रवि कार्किको प्रस्तुती रहने मुल संयोजक केदारनाथ शर्माले जानकारी दिनुभयो ।
आज हुने भलिवल खेलको फाईनल विहान १० बजेपछि हुनेछ ।