पर्वतको ठानामौलामा काँग्रेसकी उमेदवार सहित १० जना नेकपामा प्रवेश - News site from Nepal

पर्वत-पर्वतको फलेवास ८ ठानामौलामा नेकपाको टोल भेटघाट आज वाट शूरु भएको छ ।
भेटघाटकोे पहिलो दिनमै स्थानिय निर्वाचनमा नेपाली कांग्रेस वाट उमेदवार रेहेकी शनिसा वि.क लगायत १० जना कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
फलेवास ८ अर्चलेमा आयोजना गरिएको भेलामा वोल्दै नेकपा जिल्ला कमिटी सदस्य मन वहादुर कुवंरले नेकपा ठानामौलाले हरेक वस्तीमा रहेका समस्यहरुको समधानका लागि पहल गरिरहेको र आफुले ठानामौलाको विकासका लागि सक्दो प्रयास गर्ने वताउनु भयो ।

भेलामा नेकपा जिल्ला कमिटी सदस्य कविता वि.क क्षेत्रीय कमिटी पुर्व सदस्य विष्णु रिजाल, नगरकमिटी सदस्य देवी प्रसाद तिमिल्सिना लगाएतले मन्तव्य राख्नुभएको थियो । ठानामौला गाउ कमिटीका सदस्य कुमार विकको अध्यक्षतामा सम्पन्न उक्त टोल भेलाले लाल वहादुर विकको अध्यक्षतामा टोल कमिटी समेत गठन गरको छ ।
एक टोल एक संगठन र भेटघाट कार्यक्रम अन्र्तगत आज ठानामौलाका ३ वटा टोलमा भेटघाट गरि टोल कमिटी गठन भएको र आज वाट शुरु भएको अभियान सवै टोलमा पुगेर संगठन विस्तार गरि अन्त्य हुने नेकपा ठानामौलाका अध्यक्ष केश वहादुर गुरुङले वताउनु भयो । भेटघाटमा देशमा देखिएको कोरोना संक्रमण न्यनिकरणका लागि सचेतना अभियान समेत गरिएको उहाले वताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!