पर्वतमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८६ पुग्यो - News site from Nepal

पर्वत – पर्वत जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको नमुना परिक्षणमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित महाशिला गाउँपालिकाका २६ बर्षिय पुरुष हुन । उनी भारतबाट आएर नवजागृत क्याम्पसको क्वारेन्टाईनमा बसि रहेका ब्यक्ति हुन । संक्रमितलाई गुप्तेश्वर क्याम्पस स्थित अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भैरहेको छ ।
यो संगै पर्वतमा संक्रमितको संख्या ८६ पुगेको छ । अहिले सम्म २७ जनाले कोरोना जितेर घर फर्केका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari