गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७ - News site from Nepal

पर्वत : गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। नवलपरासीमा थप तीन जनामा कोरोना संक्रमण भेटिएको हाे।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २२ र ३६ वर्षका २ जना पुरुष र सोहि जिल्ला कोबिनयत्रिवेणी गाउँपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १४ वर्षका एक बालकमा कोरोना संक्रमणको पुष्टि भए गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।
उनीहरु तीनै जनालाई अहिले जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ।   यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!