संबिधान संशोधन आबश्यक छैन, दुई बर्ष कसैले पद नपाउँदा आकाश खस्दैन- अध्यक्ष तिमिल्सिना - News site from Nepal

पर्वत / राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने सदस्य र संबिधान संशोधनका बिषयमा पार्टीमा भएको बिबाद प्रति तिब्र असन्तुष्टी जनाउनुभएको छ ।
गृह जिल्ला पर्वतको कुस्मा नगरपालिका–१० बितलब स्थित पुर्णेश्वर माध्यामिक बिद्यालयको स्वर्ण महोत्सबको शनिबार समापन गर्दै अध्यक्ष तिमिल्सीनाले राष्ट्रियसभामा कसैलाई नलादैमा केही नबिग्रने भन्दै अहिलेको भएको बिबाद र संबिधान संशोधन गर्ने बिषय प्रति तीब्र असन्तुष्टि जनाउनुभएको हो ।
‘कसैलाई राष्ट्रियसभामा नलादैमा केही बिग्रने होइन’ उहाँले बामदेब गौतमको नाम नलिइ भन्नुभयो ‘अझै संबिधान नै संशोधन गर्नुपर्ने कुरा बेमौसमी बाजा मात्रै हो ।’ उहाँले पछिल्ला दिनमा नेपाली राजनितीमा बेमौसमको बाजा बजाउने काम गरेको भन्दै संबिधान संशोधनको औचित्य माथि समेत प्रश्न उठाउनुभयो । अहिले संबिधान संशोधन नगरी नहुने अबस्था नै नरहेकोमा अनाबश्यक बखेडा झिक्ने काम भएको उहाँको भनाई थियो ।

सत्तारुढ नेकपाको सचिबालय बैठकले पार्टी उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभा सदस्यमा रिक्त स्थानमा मनोनयन गर्ने निर्णय गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएपछि बिबाद हुँदै आएको छ । ‘कसैले दुई बर्ष कुर्न नसकेर अभहिले नै सबै चाहिन्छ भन्नु आबश्यक छैन’ उहाँले भन्नुभयो ‘कोही संसदमा नजाँदैमा केही बिग्रने पनि होइन’
अध्यक्ष तिमिल्सिनाले अहिले बहुमतको सरकार परिर्वतन गर्ने सम्मका हल्ला चलेको प्रति आक्रोश पोख्दै ‘कुकुरलाई घीउ नपचेको’ संज्ञा दिनुभयो । नेपालमा जहिले पनि बहुमतका सरकारलाई काम गर्न नदिने र अस्थिरता मच्चाउने काम भएको भन्दै ‘नेपालका राजनैतिक दललाई सत्ता नपचेको आरोप पनि लगाउनुभयो । ‘कुकुरलाई घीउ पच्दैन भन्ने नेपाली उखान जस्तै नेपालका राजनैतिक दलहरुलाई सत्ता पचेको छैन’ उहाँले भन्नुभयो ‘दुई चार बर्ष सत्ता र नेतृत्व बाहिर रहेर कुर्न नसकेर झगडा गर्न आबश्यक छैन’ उहाँले दलहरु भित्रको झगडा र शुसासन दिने तथा सम्बृद्धिको मार्ग नखोल्ने अबस्थामा हुने झगडाले देशमा अझै ठुलो दुर्घटना हुन सक्ने चेतावनी समेत दिनुभयो ।
फरक प्रसंगमा बोल्दै अध्यक्ष तिमिल्सिनाले सरकारी जागिर खाने मानसिकता लिएर अध्ययन गर्ने अबस्थाको अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभयो । ‘सरकारी जागिर खाने उद्देश्य लिएर मात्रै अध्ययन गर्नु आबश्यक छैन’ उहाँले भन्नुभयो ‘प्राबिधीक शिक्षा र उद्यम गर्ने लक्ष्य सहित हजारौलाई रोजगारी दिने नागरिक उत्पादन गर्ने शिक्षा चाहिन्छ ।’ उहाँले कला, खेलकुद लगायतका क्षेत्रमा पनि उत्कृष्टता हासिल गर्न सकेमा जागिर भन्दा कयौगुणा बढी लोकप्रिय र आर्थिक आर्जन गर्न सकिने भएकाले ब्यक्तिको चौतर्फी क्षमता बिकास गर्ने शिक्षा पद्धती आबश्यक छ भन्नुभयो । उहाँले अबको चार बर्ष भित्र पर्वत जिल्लाका सबै वडामा पुग्ने गरि पक्की मोटरबाटो पु¥याउने प्रतिबद्धता पनि दोहो¥याउनुभयो ।

सो अबसरमा अध्यक्ष तिमिल्सिनाले पुर्णेश्वर माबिले निर्माण गरेको स्वर्ण महोत्सब स्तम्भको पनि अध्यक्ष तिमिल्सिनाले अनावरण गर्नुभयो भने स्वर्ण महोत्सब स्मारिकाको बिमोचन गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेशसभाका सदस्य जुनादेबी नेपालीले प्राबिधीक शिक्षाका लागि पुर्णेश्वर माबिले गरेको प्रयासको प्रशंसा गर्दैैैै युग सुहाउँदो शिक्षा दिन सके मात्रै सामुदायिक बिद्यालयहरु प्रति बिद्यार्थीको आकर्षण बढ्छ भन्नुभयो । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले सामुदायिक बिद्यालयहरुमा पछिल्लो समय बिद्यार्थीको संख्या घटेर जानुको मुख्य कारण प्राबिधीक र गुणस्तरीय हुन नसक्नु हो भन्नुभयो । सामुदायिक बिद्यालयहरुको शैक्षिक अबस्थामा सुधार नगरे सम्म गरिबका छोराछोरीले गुणस्तरीय शिक्षा पाउने अवसर नपाउने हुँदा बिद्यालयहरुको सुधारको बिकल्प छैन भन्नुभयो ।

बिद्यालय ब्यबस्थापन समिति तथा स्वर्ण महोत्सब मुल समारोह समितिका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका गण्डकी प्रदेश सदस्य तथा महोत्सब मुल समितिका सहसंयोजक मेघनाथ सुबेदी, कुस्मा नगरपालिका वडा नं १० का अध्यक्ष अमर सुनार, वडा नं ७ का अध्यक्ष सुवासचन्द्र पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रिय सदस्य शारदा शर्मा, जिल्ला अध्यक्ष चिरञ्जीबी अधिकारी, बिद्यालयका प्राचार्य सरोज केसी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत स्वर्ण महोत्सब मुल समारोह समितिका सहसंयोजक शान्त पौडेल र सञ्चालन शिक्षक सन्तोष पौडेलले गर्नुभएको थियो । उक्त अवसरमा बिद्याबारिधी हासिल गर्ने देखि उपसचिब सम्म मर्यादाक्रम भएका बिद्यार्थीहरु र स्वर्ण महोत्सबमा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । बिद्यालयले स्वर्ण महोत्सबमा झण्डै २ करोड रुपैंया संकलन गरि सिटीइभिटीबाट तीन बर्षे सिभिल इन्जिनियरिङ्गमा डिप्लोमा कक्षा शुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!