पर्वतका सफल व्यावसायी गोपि अधिकारी महासंघको केन्द्रीय कमिटिमा मनोनित - News site from Nepal

पर्वत– पर्वतका सफल व्यावसायी तथा फर्निचर उद्यमी गोपि अधिकारी नेपाल राष्ट्रिय उद्योग व्यावसायी महासंघको केन्द्रीय कमिटिमा मनोनित हुनुभएको छ ।
महासंघको हालै सम्पन्न वैठकले उहाँलाई केन्द्रीय समितिमा मनोनित गरेको हो । तत्कालीन एमाले निकट र माओवादी केन्द्र निकट व्यावसायीहरुको संगठन एकीकृत भएर नयाँ कमिटि बनेको हो । अधिकारी यस अघि तत्कालीन माओवादी निकट राष्ट्रिय उद्योग व्यावसायी संघको पनि  केन्द्रीय सदस्य रहनुभएको थियो ।
यसैबीच नेपाल राष्ट्रिय उद्योग व्यावसायी महासंघको केन्द्रीय कमिटिको वैठक यहि माघ १० गते राजधानीमा बस्ने भएको छ । केन्द्रीय कमिटिमा मनोनित भएसँगै अधिकारीले उद्योगी व्यावसायीहरुको हितमा सक्रिय भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । अधिकारी पर्वत उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने रोटरी क्लव लगायत विभिन्न सामाजिक संस्थाहरुमा पनि सक्रियता पूर्वक लाग्दै आउनुभएको छ ।
उहाँले कुश्माबजारमा लामो समयदेखि अधिकारी फर्निचर उद्योग संचालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!