कामना सेवाको सहयोग विद्याज्योति माध्यामिक विद्यालयका खेलाडीलाई - News site from Nepal

पर्वत –  कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा देशभर बिभिन्न सामाजिक गतिविधी सञ्चलन गर्दैआएको छ ।
यसैअवसमा बेनि शाखाले श्री विद्याज्योति माद्यामिक विद्यालय जलजला पर्वतका स्काउट खेलाडी विद्यार्थिहरुलाई एक कार्यक्रम विच सात थान ट्रयाक सुट वितरण गरेको छ । विद्यालयको खेलक्षेत्रमा थप टेवा पुगोस भन्ने उदेश्यका साथ वैकको सामाजिक उत्तरदायित्व अन्र्तगत ट्रयाक सुट वितरण गरेको वैकका धालागीरी कलस्टर प्रमुख टंकनाथ लामिछाने ले वताउनु भयो ।
मंगलवार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी सामाग्री हस्तान्त्रण गरिएको हो । विद्यालय ब्यावस्थापन समितीका अध्यक्ष दलवहादुर लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जलजला गाँउपालिका ४ कि महिला सदस्य तारा पौडेल विद्यालयका प्रधानध्यापक रघुनाथ आचार्य लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
बैक ले गरेको सामाजिक कार्यको प्रशसा गर्दै भोलिका दिनमा सहयोग आदान प्रदान गरिने विद्यालय ब्यावस्थापन समितीका अध्यक्ष दलवहादुर लामिछानेले वताउनुभयो । वेनि शाखाका प्रवन्धक सुदिप के शी. को अध्यक्षतामा संचालित कार्यक्रमको संचालन सम्वन्ध प्रवन्धक अजित वरुवाल ले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!