पर्वतको भुकदेउरालीमा ल्होसारको अवसरमा बिभिन्न कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत– पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ भुकमा नबदिप युथ क्लबले गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’का अवसरमा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
क्लबले यस अघि बिभिन्न कार्यक्रमहरु गरि मेलाको आज समापन गरेको हो । महान पर्बमा क्लबले बिभिन्न कार्यक्रम हरु गर्दै आएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेश सभाका सांसद ललितकला गुरुङले गुरुङ दाजुभाइ तथा दिदीबहिनी हरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिदै हरेक क्षेत्रमा गुरुङ समुदायले निर्वाह गरेको भूमिकाको बारेमा जानकारी गराउनुभएको थियो ।
मुलुकको सांस्कृतिक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्नसमेत गुरुङ समुदायले भुमिका निर्वाह गरेको भन्दै गुरुङ संस्कृति बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय उपाध्यक्ष शिब शर्मा अधिकारी, लोकतान्त्रीक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष देबेन्द्र भट्चन,मोदी १ भुकका कार्यवहाक वडा अध्यक्ष भुल बहादुर पौडेल, पत्रकार महासंघ पर्बतका अध्यक्ष छबि तिवारी, पुर्ब अध्यक्ष ओम प्रसाद घायल लगाएतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!