ओली- मोदी भेटवार्ता, प्रधानमन्त्री ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो - News site from Nepal

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
दिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तामा दुई प्रधानमन्त्रीबीच आपसी हित, यसअघि भएका सम्झौताको कार्यान्वयनका विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्त रवीस कुमारले जनाएका छन् ।
दोस्रोपटक भारतको प्रधानमन्त्री निर्वाचित भएका शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार दिल्ली प्रस्थान गरेका थिए ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई दोस्रो पटक प्रधानमन्त्री चयन भएको अवसरमा बधाई दिए । साथै मोदीको दोस्रो प्रधानमन्त्री कालमा नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ हुने ओलीले विश्वास व्यक्त गरे ।
भेटवार्ताका क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । जवाफमा मोदीले  उपयुक्त समयमा छिट्टै नेपाल भ्रमणमा आउने बताएका दूतावासका एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!