पर्वतमा नेकपाको एकता ः कुश्मामा गिरी र महाशीलामा विक सर्वसम्मत - News site from Nepal

पर्वत ः तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कुश्मा नगरपालिका र महाशीलामा पनि एकता टुंगिएको छ ।
आइतवार कुश्मामा सम्पन्न भेलाले युवा नेता शंकर गिरीको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ । । कमिटिमा साविकका दुवै पार्टीबाट सहमतिको आधारमा सदस्यहरु चयन गरिएको बताईएको छ ।
यसैगरी शनिवार महाशीलामा सम्पन्न भेलाले विष्णुराम विकको अध्यक्षतामा ७१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको सचिबमा दुर्गा तमु रहनुभएको छ । जिल्लाका सात स्थानीय तह मध्ये यस अघि फलेवासमा कमिटि टुंगिईसकेको छ भने पैंयु, मोदी, विहादी र जलजलामा पनि छलफल चलिरहेको छ ।
भेलामा नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल, प्रदेश तथा जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो । प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, मोती पौडेल, देवेन्द्रराज पाण्डे, भक्त कुँवर, पदमपाणी शर्मा, गगन थापा लगायतको सहभागितामा बसेको कार्यदलको बैठकले सर्वसम्मत रुपमा कमिटिको टुंगो लगाएको हो ।
यस अघि कुश्मामा सम्पन्न बैठकले जिल्लाका चार स्थानीय तहमा साविक एमाले र तीन स्थानीय तहमा साविक माओवादी केन्द्रको नेतृत्वमा कमिटि गठन गर्ने निर्णय गरेको थियो । जसमा फलेवास, महाशीला, पैंयु र मोदी साविक एमालेको भागमा र कुश्मा, जलजला र विहादी गाउँपालिका साविक माओवादीको भागमा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!