पर्वत– तमुहरुको महान पर्व तमु ल्होसारको अवसरमा मोलीकाली बुद्ध सेवा समाज पर्वतको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आनन्द गुम्वाको प्राङ्गगणमा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले यस्ता चाड पर्व र संस्कृतिहरु हाम्रा अमुल्य सम्पत्ती र पहिचान भएको बताउनुभयो । उहाँले तमु ल्होसारको अवसरमा सम्पुर्ण गुरुङ समुदायलाई शुभकामना दिँदै उक्त समुदायको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख जोशीले कुश्मा नगरपालिकालाई समृद्ध बनाउनका लागि विभिन्न भौतिक विकासमा जोड दिईएको बताउँदै नगरपालिकालाई अघि बढाउन सवैको साथ आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ४ का अध्यक्ष मिना कर्माचार्यले सवै जातजाती, धर्म पेशा समुदायको संरक्षण र सम्वद्र्धनमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
मोदीकाली बुद्ध सेवा समाजका अध्यक्ष धनराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उर्मिला गुरुङ र संचालन सचिब विपिन गुरुङले गर्नुभएको थियो ।
सो अवसरमा गुरुङ समुदायको मौलीक भाका आशिमाला लगायतका भाकामा नाचगान गर्नुका साथै एकापसमा शुभकामना आदानप्रदान गरिएको थियो । सो अवसरमा तारो हान्ने प्रतियोगिता पनि गरिएको थियो ।
मोदीकाली बुद्ध सेवा समाजले वर्षेनी तमु ल्होसारको अवसरमा रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।