कैदीलाई जेलभित्रै जागिरको व्यवस्था - News site from Nepal
कैदीलाई जेलभित्रै जागिरको व्यवस्था
File photo

काठमाडौं : कैदीबन्दीले जेलभित्रै जागिर खान पाउने भएका छन्।
जेलभित्रै कारखाना खोलेर कैदीबन्दीलाई जागिर दिन सकिने कानुन सरकारले संसदमा दर्ता गरेको छ। कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कैदीहरूले जेलभित्रै जागिर खान पाउने उल्लेख छ।
यसबापत उनीहरूले पारिश्रमिकका साथै कैद सजायमा समेत छुट पाउनेछन्। विधेयकअनुसार जागिर खानेले एक महिनामा पाँच दिनबराबर कैद छुट पाउनेछन्।
उनीहरूले कारागार परिसरभित्र स्थापना गरिएका कारखानामा मात्र जागिर पाउने समाचार नयाँ पत्रिका दैनिकमा छ। उनीहरूलाई पछि विकास निर्माणका काममा पनि लगाउने कारागार व्यवस्थापन विभागको अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!