माधव पराजुली,पोखरा
असारे पन्ध्र दिउसोको १ बजेको थियो बेग्नासको फाँटमा मानिसहरुको भिडभाड उत्तिकै थियो । पञ्चै बाजा घन्किरहेको थियो मानिसहरुको गलामा माला, रातो टिका विभिन्न असारे भाकामा नाच्नेहरुको पनि कमि थिएन । पर्यटकहरु हिलोमा रमाईरहेका थिए । वेग्नास ड्याम साईड यूवा क्लव र लाकुरी युवा क्लवले आयोजना गरेको रोपाई महोत्सवमा खेतको आलीमा बसेका बाउसे र रोपाहाको गीतमा मानिसहरु छ्यापाछ्प गरेको देखिन्थ्यो । हिलोले मानिसहरु चिन्नै नसक्ने भएका थिए ।
सोही वेला गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री र प्रदेश सभा सदस्य दिपक कोईराला पनि टुप्लुक्क त्यहीँ पुगे ।
मन्त्री र सांसद पनि हिलोमा पसे दर्शकहरुले तालीले स्वागत समेत गरे । हिलोमा पसेका मन्त्री लम्सालले गोरु नरेर खोक समेत लगाए भने कोईरला खेत मिलाउन थाले । मन्त्री र सांसदले किसानको खेतमा पशेर किसान सँगै धान रोप्ने देखि गोरु नार्न थालेपछि महोत्सवको माहोलनै पृथक बन्न थाल्यो ।
कार्यक्रममा हिलोमा फुटबल,हिले दौड, रोपाई प्रतियोगिता, रसितान्ने प्रयोगिता, हिलोमा माछा समाउने प्रतियोगितामा आयोजना गरिएको रहेछ । जव गण्डकी प्रदेश र वेग्नास पर्यटन व्यसायी बिच फुटवल प्रतियोगिता शुरु भयो, मन्त्री र सांसद गोल हान्न कस्सिए । ३० मिनेट सम्म चलेको फुटबलमा गोल हान्न दुवै टिम निकै आक्रामकरुपमा प्रस्तुत भए ।
मन्त्री लम्साल बल अगाडी बढाउन निकै प्रयास गरे पानी र हिलामा उर्तेको बल अगाडी बढाउन कठिन थियो र पनि उनले गोलहानी छाड्े दर्शकहरुले ताली तथा हुटिङले स्वागत गरे । कार्यक्रम साच्चिकै रोमाञ्चक बनयो । रोपाइ महोत्सव हेर्न गएका सबै मानिसहरु कार्यक्रममा निकै रमाए ।
हिलोले मानिसहरु चिन्नै नसक्ने भएका थिए ।
सोही वेला गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री र प्रदेश सभा सदस्य दिपक कोईराला पनि टुप्लुक्क त्यहीँ पुगे । मन्त्री र सांसद पनि हिलोमा पसे दर्शकहरुले तालीले स्वागत समेत गरे । हिलोमा पसेका मन्त्री लम्सालले गोरु नरेर खोक समेत लगाए भने कोईरला खेत मिलाउन थाले । मन्त्री र सांसदले किसानको खेतमा पशेर किसान सँगै धान रोप्ने देखि गोरु नार्न थालेपछि महोत्सवको माहोलनै पृथक बन्न थाल्यो ।
कार्यक्रममा हिलोमा फुटबल,हिले दौड, रोपाई प्रतियोगिता, रसितान्ने प्रयोगिता, हिलोमा माछा समाउने प्रतियोगितामा आयोजना गरिएको रहेछ । जव गण्डकी प्रदेश र वेग्नास पर्यटन व्यसायी बिच फुटवल प्रतियोगिता शुरु भयो, मन्त्री र सांसद गोल हान्न कस्सिए । ३० मिनेट सम्म चलेको फुटबलमा गोल हान्न दुवै टिम निकै आक्रामकरुपमा प्रस्तुत भए । मन्त्री लम्साल बल अगाडी बढाउन निकै प्रयास गरे पानी र हिलामा उर्तेको बल अगाडी बढाउन कठिन थियो र पनि उनले गोलहानी छाड्े दर्शकहरुले ताली तथा हुटिङले स्वागत गरे । कार्यक्रम साच्चिकै रोमाञ्चक बनयो । रोपाइ महोत्सव हेर्न गएका सबै मानिसहरु कार्यक्रममा निकै रमाए ।
निर्वाहमुखी कृषि पद्धतिले देशको कृषि नाफामूलक बन्न सकेनःमन्त्री लम्साल
गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले निर्वाहमुखी कृषि पद्धतिले गर्दा देशको कृषि नाफामूलक बन्न नसकेको बताउनुभएको छ ।
“परम्परा देखि नै निर्वाह तथा गुजरे कृषिलाई हामीले अगल्यौँ वेग्नासमा रोपाई महोत्सवलाई सम्बोधन गद मन्त्री लम्सालले भन्नुभयो” यसले गर्दा किसानहरुले आफ्नै पेट भर्न पनि सकिरहेका छैनन्,गुजारामुखी कृषि प्रणालीमा परिवर्तन गरी किसानलाई कृषि उद्यमी बनाउनु आजको आवश्यकता हो” ।
अब किसानले कृषि पेसालाई नाफा कमाउने उद्देश्यले गरिनुपर्नेमा जोड दिदै कृषि उत्पादनका साधनहरु भूमि, श्रम, पुँजी र प्रबन्धलाई उचित प्रयोगद्वारा धेरैभन्दा धेरै उत्पादन कसरी गर्ने र त्यसबाट धेरै मुनाफा कमाउने तर्फ उद्यमी किसानले जान्नुपर्ने बताउनुभयो ।
पर्यटन मन्त्री लम्सालले कृषि र पर्यटनको माध्यम बाट देशलाई सम्पन्नशादी बनाउन सकिने बताउनुभयो । नेपालमा विकासको आधार भनेको कृषि पर्यटन भएको बताउदै नेपालीको सरल जीवनशैली, हिमाल पहाड र तराईमा भएको विविधतायुक्त भौगोलिक बनावटमा पाइने बिभिन्न धर्मसंस्कृति, रीतिरिवाज, परम्परा, जीवनशैली र फरक फरक कृषि प्रणाली कृषि पर्यटन विकासका मुख्य आधार भएको बताउनुभयो । खेतीयोग्य जमिन बाझो हुदै जानु, बेरोजगारी, अगुवाको विदेश पलायन अहिले नेपालको जटिल समस्या बन्दै गईरहेको वर्तमान अवस्थामा राज्यले कृषि पर्यटनको विकासमा यथोचित ध्यान दिन सकेको खण्डमा कृषि सबैको रोजाईको विषय बन्नुको साथै नेपालको समृद्धिका लागि कोशेढुङ्गासमेत साबित हुने दाबी गनुभयो ।
सोही अवसरमा गण्डकी प्रदेश सभा सदस्य दिपक कोईरालाले निर्यातमुखी कृषि प्रणालीमा जोड दिनुभयो ।