मोदीलाई बधाई दिन दिल्ली उडे ओली - News site from Nepal
मोदीलाई बधाई दिन दिल्ली उडे ओली

काठमाडौं– भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली  बिहीबार नयाँदिल्लीतर्फ प्रस्थान गरेका छन्  ।
प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष लिने शपथग्रहण कार्यक्रममा सहभागी हुनेछन्। भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्ले बिहीबार अपराह्न शपथ ग्रहण गर्दैछ।
यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई सपथग्रहण कार्यक्रमका लागि बोलाएका छन् ।  प्रधानमन्त्री ओली पनि बिम्स्टेक सदस्य मुलुककै सरकार प्रमुखको रुपमा मोदीको सपथग्रहणमा सहभागी हुनेछन् ।
पहिलोपटक प्रधानमन्त्री हुँदा मोदीले सार्क सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखलाई निम्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!