प्रतिपक्षी दलले उठाउने प्रश्नको मर्यादित भाषामा खण्डन गर्न प्रधानमन्त्रीको निर्देशन - News site from Nepal

काठमाडौं – सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलले उठाउने प्रश्नको मर्यादित भाषामा खण्डन गर्न सत्तारुढ दल नेकपाले आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज बसेको संसदीय दलको बैठकमा नेकपाले आफ्ना सांसदलाई विषयको गहिराईमा पुगेर मात्र अभिव्यक्ति दिन निर्देशन दिएको हो । बैठकमा प्रधानमन्त्री समेत रहेका दलका नेता केपी शर्मा ओलीले प्रतिपक्षले उठाएका प्रश्नको मर्यादित भाषामा प्रतिक्रिया दिन निर्देशन दिनुझयो ।
सरकारले आगामी शुक्रवार आगामी आर्थिक वर्षको नीति तथा कार्यत्रम सार्वजनिक गर्ने भएपछि नेकपाले आज आफ्ना सांसदसँग छलफल गरेको हो । संघीय संसदको आगामी शुक्रबार अपरान्ह ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची तय भएको छ ।
आवश्यक छलफल बिना नै सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाईरहेका बेला नेकपाले आफ्ना सांसदलाई प्रश्नको जवाफ दिन तयारी बनाएको हो । बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अहिलेसम्म गरेको कामको बारेमा पनि जानकारी गराउनुभएको थियो । आफु प्रधानमन्त्री भएपछिको एक वर्षमा संघीयता कार्यान्वयनसँगै विकास निर्माणका लागि पद्धति स्थापित गरेको ओलीको भनाई थियो । अब विकासका कामले तिब्रता लिने पनि उहाँले बताउनुभयो ।
उहाँले एक वर्षको अवधीमा ८ सय किलोमिटर भन्दा बढी सडक कालेपत्रे सहित स्तरोन्नति गरेको, चार सय भन्दा बढी झोलुङ्गे पुल बनाई तुइन विस्थापित गरेको, रेल वे को काम भइरहेको, पानी जहाजको लागि कार्यालय स्थापना भएको लगायत जानकारी गराउनुझएको थियो । आगामी शुक्रबार नीति तथा कार्यत्रम प्रस्तुत भएपछि शनिबार विहान साढे ११ बजे बस्ने संसदीय दलको बैठकमा सो विषयमा छलफल गर्ने मूख्य सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

http://bit.ly/2LftTgP

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!