निर्माणाधिन गोर्खा समाधि स्थलमा पुग्यो खानेपानी,रोकिएको समाधि स्थलको काम धामधम - News site from Nepal


माधब पराजुली,पोखरा
२०७५÷१२÷१६
सन् १८१४ को नेपाल—अंग्रेज युद्धदेखि विश्वका विभिन्न देशका भूमिहरुमा मारिएका ६० हजार भन्दा बढी विर गोर्खा सैनिकहरुको सम्झनामा निर्माण हुन लागेको गोर्खा समाधि स्थलमा खानेपानी पुगेको छ ।
स्याङ्जाको फेदीखोला गाउ पालिका वडा नं. १ साल्मेडाँडामा निर्माणाधिन गोर्खा समाधि स्थल लाई लक्षित गरी पु¥याईएको खानेपानी बाट अन्य स्थानिय ३० घरधुरी लाभान्वित भएका छन् । गोर्खा समाधि स्थल साल्मेडाँडामा रहेको साल्मे पँधेराबाट पानी खाने यहाँका गाउँलेहरू र दामगाडे माध्यमिक विद्यालयले अब शुद्ध पानी खान पाउने भएको छ ।
साल्मेडाँडामा गोर्खा समाधि स्थल,गोरखा म्युजियम,६३ मिटर अग्लो गोर्खा टावर,जातीय नमूना घरहरू निर्माण गर्ने योजना रहेको छ,भने ३ डिब्बे सानो रेलले गोर्खा समाधि परिक्रमा गर्दै भैरवस्थान नुवाकोट देउरालीसम्म पुगी फेरि गोरखा समाधि स्थलमा आउने व्यवस्थाको योजना अगाडी सरिएको छ । यी विभिन्न संरचनाको काम अहिँल धमाधम भईरहेको छ । विभिन्न कारणले महिनौँ देखि अलपत्र परेको गोर्खा समाधि स्थलको काम गण्डकी प्रदेश सरकारले समर्थन र सहयोग गरेपछि पुनः सुचारु हुन लागेको हो ।

हाल बेलायतस्थित हेरिटेज ट्रष्टको अनुरोधमा नेपाल सरकार शहरी विकास मन्त्रालयले बहुवर्षीय कार्यक्रम अन्तर्गत ५ करोड रूपैयाँ विनियोजन गरेको छ । यस्तै गण्डकी प्रदेशको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयले गोरखा समाधिस्थल पूर्वाधार विकासको लागि रु. ३० लाख रकम विनियोजन गरेको छ ।
उक्त रकमले अहिँले विभिन्न संरचनागत पूर्वाधार,खानेपानी र समाधिस्थमा चौतर्फी पर्खाल,गोरखा टावर र बगैंचा निर्माण गर्ने काम भइरहेको छ ।
संघिय सरकार,गण्डकी प्रदेश सरकार र गोर्खा स्मारक ट्रष्ट नेपाल लगाएतको सहयोगमा साल्मेडाँडामा खानेपानी पुगेको हो । ६० लाख ८४ हजारको लागतमा खानेपानी आयोजनाको काम सम्पन्न गरिएको हो ।

गोर्खा समाधि स्थलमा पुगेको खानेपानीको धारा खोली गण्डकी प्रदेश सरकारका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शनिवार उद्घाटन गर्नुभयो । सोही अवसरमा मन्त्री लम्सालले गोरखा समाधि स्थल निर्माण पछि साल्मेडाँडा नेपालकै ऐतिहासिक प्रमुख पर्यटकीय गन्तव्य स्थल बन्ने बताउनुभयो । उक्त योजना पर्यटकीय हिसाबले अत्यान्तै महत्वपूर्ण रहने चर्चा गर्दै उहाँले उक्त स्थान लाई आन्तरिक तथा बाहृय पर्यटकहरूको गन्तव्यस्थल बनाउने गरी प्रदेश सरकारले योजना बनाएको बताउनुभयो ।
पोखरा देखि १५ किमी दक्षिण पश्चिममा पर्ने सिद्धर्थ राजमार्गको कुभिन्डे भञ्ज्याङ हुँदै त्यहाँ पुग्न सकिन्छ । १५ सयमिटर उचाइमा रहेको साल्मेडाँडामा गोर्खा समाधि स्थल निर्माण भईरहेको छ । ब्रिटिस आर्मीहरुको सहयोग तथा स्थानियवासीले आफैले चन्दा उठाएर उक्त योजना अगाडी सारेका थिए । उनीहरुले अहिँले सम्म २० करोड उठाइसकेका छन । यसको गुरुयोजना र डिपिआर समेत तयार पारिएको छ ।

६० हजार गोर्खाहरूले ब्रिटिस साम्राज्यको रक्षाको लागि आफ्नो जीवनको आहुति दिएका थिए । उनीहरुको स्मृतिमा निर्माण हुने गोरखा संग्रालयमा सैनिकहरुले लडाई लड्दा प्रयोग गर्ने हतियार देखि पोषाक सम्मका समाग्रीहरु राखिने छ ।

यस्तो छ, गोरखा सैनिक र गोर्खाली राज्यको इतिहास
गोरखाका थुम्केली राजा पृथ्वीनारायण शाह र उनको मृत्यु पश्चात उनका भाई बहादुर शाहले मुख्तियारी लिई, त्यसबेलाका थुम्कौलो बाइसे(चौबीसे राजाहरूलाई विजय गरी नेपाल राज्यको विस्तार गरेका थिए। गोरखा राज्यको सिमाना पूर्वमा सिक्किम भुटानसम्म, दक्षिणमा हालको विहार र उत्तर प्रदेशका उत्तरी भागहरू र पश्चिममा किल्ला काँगडा र पञ्जाबको सतलज नदीसम्म पुगिसकेको थियो । उत्तरतर्फ हिमालय प्राकृतिक पर्खालको कारण उत्तर सीमा हिमालयमा सीमित रहन पुग्यो। त्यसबेला उपनिवेश विस्तारमा जुटेका इस्टइन्डिया कम्पनीको फौज गोर्खाली सेनासँग पश्चिमी सिमाना किल्ला, काँगडा र सतलजका मैदानहरूमा घमासान युद्ध भएको थियो ।
सन् १८१४(१६ को यस अंग्रेज(गोर्खाली युद्धपछि, गोर्खाली सेनाले पराजय व्योहोर्नुप¥यो त्यसपछि अलपत्रमा परेका गोर्खाली सिपाहीहरू कतिपय घर नफर्की कम्पनी सरकारको स्थानीय सेनामा भर्ती भए। अंग्रेजहरूको दाबी अनुसार सन् १८१६ को सुगौली सन्धिभन्दा एक वर्ष अघिबाट नै अलपत्रमा परेका गोर्खालीहरू ब्रिटिस सेनामा भर्ती हुन थालेको भन्ने छ । शुरुका दिनहरूमा कम्पनी सरकारको पक्षबाट व्र्रिोही राजा रजौटाहरूलाई दबाउने क्रममा गोर्खाहरूको उपयोग गरिएको थियो ।
सन् १८४६ को नेपाल दरबार भित्रको षडयन्त्रमूलक कोतपर्व र भण्डारखाल पर्वपछि ज·बहादुरको अचानक उदय भयो । परिणामस्वरूप सन् १८५० को ज·बहादुरको बेलायत भ्रमण र त्यसपछि १८५७ को इन्डियन सिपाही व्र्रिोह दबाउने काममा नेपाल दरबार र भर्तीको माध्यमबाट गोर्खा भर्तीलाई नियमित गराइयो। पछि यही गुणले अंग्रेजहरूले नेपाल सरकार र गोर्खाहरूलाई विश्वास गर्न थाले ।
सन् १८१५ देखि आजसम्म ब्रिटिस नेपाल सम्बन्धको दुई शताब्दीपछि गोर्खाका नाउँबाट नेपाली युवाहरू विश्वका विभिन्न युद्धभूमिहरूमा गएर युद्ध लड । प्रथम विश्वयुद्ध (सन् १९१४(१८) र द्वितीय विश्वयुद्ध (सन् १९३९(४५) र सयौं क्षेत्रीय युद्धहरूमा गोर्खाहरू संलग्न भए। ब्रिटिस अभिलेख अनुसार प्रथम विश्वयुद्धमा २०,हजार र द्वितीय विश्वयुद्धमा २३,हजार गोर्खाहरू युद्धमा मारिए। दुवै विश्वयुद्धमा गोर्खाहरू अफ्रिकन तथा युरोपियन युद्धमा समेत सामेल भए। युद्धमा मारिनेहरूको संख्या जोड्दा लगभग ६०,हजार गोर्खाहरूले ब्रिटिस साम्राज्यको रक्षाको लागि आफ्नो जीवनको आहुति दिए ।
विश्वको विभिन्न भागमा भएको युद्धमा कति युद्धमा मारिए र कतिको अंगभंग भयो, कति घाइते भएर मरे । उनीहरूको चिहान विश्वका विभिन्न देशहरूमा देख्न सकिन्छ । तर गोर्खाहरूको नामबाट छुट्टै चिहान कहीं पनि छैन ।
ब्रिटिस कमनवेल्थ वार कमीसनले प्रकाशित गरेको तथ्याड्ढ अनुसार नेपाली वा गोर्खा भनी कहीं पनि चिहानमा उल्लेख भएको छैन। गोर्खाहरूको नाम छ तर उनीहरूको नाम इन्डियन सेनाभित्र पारेर लेखिएको छ। नेपाली युवा वा गोर्खाहरू भनेर कुनै छुट्टै चिहान विश्वमा कहीं पनि छैन। अहिले हामीले साल्मेडाँडामा निर्माण गर्दै गरेको गोर्खा समाधिमा गोर्खाहरूको मात्र समाधि रहने छ ।
ब्रिटिस उपनिवेशको समयमा नेपाल भूमि यातायात र सञ्चार माध्यमबाट बिल्कुलै उपेक्षित थियो । हजारौं गोर्खाहरू युद्धमा मारिंदा धेरैजसोको मरुवा चिठ्ठी नेपालमा पठाउँदा पनि कतिको नाम नमिलेर कतिको ठेगाना प्रष्ट नभएकाले उनीहरू लडाइँमा मारिए अथवा घाइते के भए थाहा हुन सकेन । कतिको नेपालमा काले, डल्ले भन्ने नाम थियो भने भर्ती हुँदा अकै नाम लेखिएको वा नाम नमिलेकोले काजक्रिया हुन सकेन । धार्मीक विधि अनुसार उनीहरुलाई स्वर्ग तार्न पनि समाधि स्थल बन्न लागेको हो ।
२७ नोभेम्बर २०१२ मा साल्मे डाँडामा गोर्खा भर्तीमा समावेश भएका २१ नेपालका जातिहरूको मोक्षको लागि आ(आफ्नो धार्मिक संस्कार अनुसार आफ्नै पुरोहित धर्म गुरुहरूबाट सामूहिक काजक्रियाको काम भएको थियो । त्यसै समयमा जातीय पुरोहित र जातीय कन्या छोरीहरूको पवित्र बाहुलीबाट यस तीर्थस्थल निर्माणको शिलान्यास भएको थियो ।
यस्तै प्रकारले स्थानीय जनताबाट जग्गा उपलब्ध गराउने क्रममा तत्कालीन सांसद हितकाजी गुरुङको ठूलो भूमिका रहेको छ । यस्तै नेपाल सरकारबाट रकम प्राप्त गर्ने क्रममा तत्कालीन सांसद डा. गणेशमान गुरुङबाट ठूलो सहयोग भएको छ । यस्तै अस्ट्रेलियाकै धनीमध्येका शेष घले र उहाँकी धर्मपत्नी जमुना गुरुङले गोर्खा गार्डेनको लागि सहयोग दिने वचन दिनुभएको छ भने अन्य ब्रटिस सैनीक तथा रोजगारको शिलशिलामा देश भित्र र बाहिर रहेका व्यत्तित्वहरुले सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!