धौलागिरिका एकमात्र शहिद गोविन्दनाथलाई सम्झिने एक्ला भाईमात्रै, ‘शहिदप्रति अपमान भयो’ - News site from Nepal

पर्वत ः आज माघ १६ गते । राष्ट्रिय शहिद दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । तर पर्वतमा भने शहिद दिवसको अवसरमा कुनैपनि कार्यक्रम हुन सकेन ।
गत वर्षसम्म यस दिन कुनै न कुनै संघसंस्थाले कार्यक्रम गरेर सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोकमा रहेको २०६२÷६३ को जनआन्दोलनमा धौलागिरि अञ्चलबाट शाहदत प्राप्त गरेका एकमात्र शहिद गोविन्दनाथ शर्माको शालिकमा माल्र्यापण गर्दै मनाउथे । तर यस वर्षभने कुनैपनि सरकारी तथा सामाजिक संघ संस्थाले कार्यक्रम नगरेपछि शहिद गोविन्दनाथ शर्माका भाई देब शर्मा पौडेलले माल्यार्पण गरि आफना दाजुको सम्झना गर्नुभएको छ ।
कुनै न कुनै संघ संस्थाले त शहिदको योगदानलाई स्मरण गलार्न नि भन्ने लागेको थियो तर विहान ११ बजेसम्म पनि कसैले केहि कार्यक्रम नगरेपनि आफु एक्लैले गएर सम्झिएको हुँ उहाँले भन्नुभयो । उहाँले शहिद शर्माको शालिकमा माल्यार्पण गर्दै स्मरण गर्नुभयो । शहिद दिवसको दिन गरिएको बिदा कटौतीले बास्तबिक शहिदहरुप्रति अपमान भएको उहाँले बताउनुभयो ।
पौडेलले पछिल्लो समय सरकारले आफ्ना कार्यकर्ता होस वा विभिन्न प्रलोभन र बहानामा शहिद घोषणा गर्ने कार्य अनुचित भएको बताउँदै बास्तबिक शहिदहरुको योगदानलाई कहिल्यै भुल्न नहुने बताउनुभयो ।
शहिद गोविन्द नाथ शर्माको २०६३ वैशाख ८ गते कुश्माबजारमै आन्दोलनका क्रममा गोलि लागेको थियो भने उपचारका क्रममा वैशाख १२ गते निधन भएको थियो ।
यस वर्ष संघीय सरकार र प्रदेश सरकारले शहिद दिवस मनाउनका लागि कुनै परिपत्र नगरेका कारण पर्वतका कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!