कामना सेवा विकास वैक तथा कुश्माको होटल माउन्टेन भ्यु बिच एमओयु सम्झौता सम्पन्न - News site from Nepal

कुश्मा- प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास वैक लि तथा कुश्मा मा र्भखरमात्र संचालनमा आएको होटल माउन्टेन भ्यु विच आपसी सम्झौता भएको छ । शनिवार एक समारोह विच सम्झौता भएको हो ।
बैक का डिपोजिट एण्ड ट्रान्जेक्सन वैकिङ्गहेड सुवास भटराई को उपस्थितिमा होटल माउन्टेन भ्युको सभाहलमा होटलका संचालक ओम प्रसाद श्रेष्ठ तथा डिटिवि हेड भटराई विच सहमति पत्रमा हस्ताक्षर भएको हो । सम्झौताले दुवैसस्थाको ब्यवसाय प्रवद्धनमा टेवा पुग्ने वैकका धौलागिरी कलस्टर प्रमुख टंकनाथ लामिछाने ले वताउनुभयो ।
सम्झौता अनुसार वैकका स्टाफ तथा सम्पुण ग्राहाक हरुलाई होटलको सम्पुण सेवामा १० प्रतिसत सम्म छुट हुने उल्लेख छ । पछिल्लो समयमा बैक ले विभिन्न ब्यावसायिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको छ ।
केहीसमय अगाडी कुश्मा शाखाले कुश्मा स्थीत शान्ति दिप हस्पीटल तथा कुश्मा हस्पीटल प्र. लि विच सम्झौता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!