लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वत फर्निचर तथा फर्निसिङ व्यवसायी संघको सातौँ बार्षिक सभा - News site from Nepal

 

पर्वत : नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पर्वतको सातौँ बार्षिक सभा सम्पन्न भएको छ ।
सदरमुकाम कुश्मा बजारमा एक कार्यक्रमको आयोजना गरी बार्षिक सभा सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले फर्निचर व्यवसायीहरु राज्यलाई कर तिर्नुमा अगाडि देखिनुले ब्यवसायिक कुशलता प्रभावकारी देखिएको बताउनुभयो । देश संघियतामा गएपछि धेरै ऐन तथा कानुनहरु निर्माण हुने क्रम चलिरहेकोले फर्निचर तथा फर्निसिङ व्यवसायीहरुलाई कतिपय ठाउँमा अप्mट्यारो परेको महसुस आपूmले पनि गरेको बताउँदै शर्माले स्थानीय तहहरुले बनहरुको अस्तित्वलाई जोगाउँदै र सामग्रीहरुको आवश्यकताको आपूर्ति गर्ने गरी सघाउने कुरामा सहकार्य गर्ने बताउनुभयो ।
|धेरै फर्निचर व्यवसायीहरुले आप्mनो उद्योगलाई आधिकारीक रुपमा दर्ता गरेर राज्यलाई कर तिरीरहेको भएपनि कतिपय भने दर्ता बिना नै संचालनमा रहेको गुनासो आएकोले पालिकाहरुले त्यसको अनुगमन गरेर राज्यको कानुनी प्रक्रियामा ल्याउने र आप्mनो पालिकाबाट पनि त्यसको सुरुवात गर्ने बताउनुभयो । यस्तै, डिभिजन बन कार्यालय पर्वतका प्रमुख अशोककुमार श्रेष्ठले राज्यका कानुनका कारण केही काठ ओसारपोसार गर्ने क्रममा कतिपय व्यवसायीका कच्चा पदार्थ पक्राउ परेको बताउँदै कानुनी प्रक्रिया पूरा गरेर काम गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्ने क्रममा आप्mना भनाई राख्नुहुँदै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पर्वतका सल्लाहकार बिषकुमार श्रेष्ठले राज्यले साना र ठुला तथा नयाँ र पुराना करदाताहरु चिन्न नसकेको बताउँदै दर्ता बिना संचालनमा रहेका फर्निचर उद्योगहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो । केही कानुनहरुका कारण गाउँमा २÷४ ओटा रुख बेच्न पनि अप्ठ्यारो परेको उल्लेख गर्नुभयो । कार्यक्रममा अध्यक्षको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पर्वतका अध्यक्ष मथुराकुमार जोशीले संघमा पर्वत जिल्लाका ५२ जना व्यवसायीहरु आबद्ध रहेको जानकारी दिनुभयो ।
पर्वत जिल्लाका बिभिन्न फर्निचरहरुमा गरेर ३ सय १२ जनाले रोजगारी पाएको उहाँको भनाई थियो । कार्यक्रममा मोदी गाउँपालिकाका प्रमुख प्रेमप्रसाद पौडेल,   सब डिभिजन बन कार्यालय छमर्केकी प्रमुख बिमला लम्साल, नेपाल बन पैदावार समिति बागलुङका सचिब सुनिल शर्मा लगायतले पनि बोल्नुभएको थियो ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पर्वतका अध्यक्ष तथा केन्द्रिय सदस्य मथुराकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब भिमबहादुर नेपालीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari