
माधव पराजुली
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा स्थित तिब्रेकोट सामुदायीक वनमा वृक्षारोपण गरिएको छ ।
तिब्रेकोट सामुदायीक वनमा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्साल, मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिब दल ब.अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब मनोहर प्रसाद खनाल, उद्योग,पर्यटन,वन तथा वातावरण सचिव बिष्णु भण्डारी,वन उपभोक्ता समुह लगाएतको उपस्थितमा ५० भन्दा बढी प्रजातीका सयौँ बोटबिरुवाहरु रोपिएको हो ।
सरकारले आजबाट देशभर वृक्षरोपण अभियान सुरु गरेअनुरुप यहाँ पनि वृक्षारोपण गरिएको हो । वृक्षारोपणका अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले वन क्षेत्रलाई उचित सदुपयोग गरेर मुलुककै समृद्धिको प्रमुख आधार बनाउन सकिने बताउनुभयो । वन जंगल,जडिबुटीको व्यवसायीक खेती यसको प्रशोधन र निकाशी बाट देशलाई समृद्ध राष्ट्र बनाउन सकिने बताउनुभयो । मुलुकको आर्थिक समृद्धिका लागि वन क्षेत्रमा व्यापक र अपार सम्भावना रहेको धारणा राख्दै मन्त्री लम्सालले वनपैदावारमा आधारित उद्योगहरूको सख्या बढाएर रोजगारी दिने तथा विदेशी मुद्रा भित्र्याउन तर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो । स्थानियवासीहरुले अब वनमा विभिन्न किसिमका आयमूलक गतिविधिहरु सञ्चालन गरेर आफ्नो आर्थिकस्तर माथि उठाउनुपर्नेमा समेत जोड दिनुभयो ।
मन्त्री लम्सालले वन निति अब तत्काल परिर्वतन गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले मुलुकमा संघीय शासन लागुभएता पनि नेपालको कर्मचारीतन्त्र संघीयता कार्यान्वयनप्रति अनुदार र संकिर्ण देखिएको समेत बताउनुभयो ।
उक्त सामुदायिक वन क्षेत्रमा पर्यापर्यटन कार्यक्रम समेत सञ्चालन गरिएको छ । सामुदायिक वन क्षेत्रलाई आयमूलक क्षेत्रमा रुपान्तरण गर्ने, वनको कोष वृद्धि गर्ने तथा धार्मिक मठमन्दिरको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पर्यापर्यटन कार्यक्रम लागू गरिएको हो ।
सामुदायिक वन उपभोक्ता समूह मार्फत सामुदायिक वन क्षेत्रमा पार्क, हाईटेक नर्सरी सहति पिक्नीक स्पोट निर्माण गर्ने, मठमन्दिर निर्माण, शौचालय निर्माण, पदमार्ग निर्माण जस्ता कामहरु अगाडि बढाइएको छ ।
संस्कृतिको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने र आर्थिक विकासमा टेवा पु¥याउने, सामुदायिक वन क्षेत्रभित्र भएका पुरातात्विक बस्तु, मठमन्दिरको संरक्षण र विकास गर्ने तथा हरियाली प्रवद्र्धन गरेर पर्यटक आगमन बढाउने र आयआर्जनसँग जोड्ने गरी काम अगाडी बढाइको वन निर्देशनालयका प्रमुख प्रकाश लम्सालले बताउनुभयो ।
उक्त कार्यक्रमलाई वन निर्देशनालयले ९ लाख अनुदान रकम उपलब्ध गराइएको छ भने त्यसमध्ये स्थानीयले २० प्रतिशत रकम बेहोनुपर्ने हुन्छ ।
सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेर आगामी तीन वर्ष्भित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना समेत बनाएको छ ।