पर्वतको कुश्मामा सहकारी व्यवस्थापन तालिम शुरु - News site from Nepal
पर्वतको कुश्मामा सहकारी व्यवस्थापन तालिम शुरु

पर्वत– सहकारी संस्थाहरुलाई पारदर्शी, जनमुखि र सहकारी ऐन नियम अनुसार संचालन गर्नका लागि सहयोग पु¥याउने उद्धेश्यले पर्वतको कुश्मामा सहकारी व्यवस्थापन तालिन शुरु भएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा बुधवारदेखि ६ दिने तालिम शुरु भएको हो । जिल्लाका सातवटै स्थानीय तहमा संचालित सहकारीहरुलाई प्रभावकारी र व्यवस्थित ढंगवाट संचालन गर्न सहयोग पुगोस भनेर तालिम संचालन गरिएको मन्त्रालयका शाखा अधिकृत ज्ञानप्रसाद भुसालले जानकारी दिनुभएको छ ।
तालिममा सातवटै स्थानीय तहका सहकारी शाखा प्रमुख, विषयगत सहकारीहरुको सञ्चालक समितिका पदाधिकारी र सदस्य गरी ३० जनाको सहभागिता रहेको छ । तालिममा बचत तथा ऋण जिल्ला सहकारी संघका अध्यक्ष शेषराज रेग्मी, बहुउद्धेश्यीय सहकारी संघ पर्वतका उपाध्यक्ष इन्द्रमान खत्री नागरिक समाजको सञ्जालका अध्यक्ष मानकुमारी गिरी लगायत पनि सहभागि हुनुभएको छ । तालिम २० गते समापन हुने भुसालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!