पर्वत सेवा समाजद्धारा पाङराङका मटुरोगी युवाको परिवारलाई आर्थिक सहयोग - News site from Nepal

पर्वत– मातृभुमिको लागि पर्बत सेबा समाज नेपालले मुटुरोगी पिडितको परिबारलाई आर्थिक सहयोग गरेको छ ।
पर्बतको फलेबास नगरपालिका वडा नम्बर ११ पाङराङका मुटुरोगी बिरामी भिम बहादुर कुँबरको परिबारलाई ७० हजार सहयोग गरेको हो । शनिबार पिडित कुँबरको घरमै पुगि सहयोग हस्तान्त्रण गरिएको मातृभुमिको लागि पर्बत सेबा समाजका उपाध्यक्ष टंक लामिछानेले बताए । पिडित कुँबरलाई मुटुको रोगले ग्रस्त बनाएको थियो । उनको धेरै ठाउँमा उपचार गरेपनि उपचार सम्भब नभएर १९ बर्षको उमेरमा केहि समय पहिले निधन भईसकेको छ ।
थोरै भएपनि उनको उपचारमा लागेको ऋण तिर्न सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक स्थिति कमजोर परिबारलाई सहयोग गरेको समाजका सदस्य गोबिन्द अधिकारीले बताए ।
उक्त सहयोग रकम फलेबास नगरपालिकाका कार्यपालिका सदस्य रुद्र पाठकको उपस्थितिमा पिडित मन बहादुर कुँबरलाई हस्तान्त्रण गरिएको छ । सहयोग हस्तान्त्रण पछि बोल्दै कार्यपालिका सदस्य पाठकले सहयोगी मनकारी संस्था मातृभुमिको लागि पर्बत सेबा समाजलाई धन्यवाद दिए । उनले दिन दुखिहरुको सहयोगमा जुट्न अझै यस्ता कार्यहरुलाई निरन्तर दिन संस्थालाई आग्रह पनि गरे ।
१९ बर्षिय कुँबरको बिरामी भएको खबर सुनेपछि समाजले ईजरायल शाखामा रहेका ज्योति शर्मा, दिया चापागाई लगायतले रकम सङ्कलन सुरु गरेका थिए । समाजले यो भन्दा अगाडि पनि विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
संस्थाका सचिब अर्जुन पौडेलले रकम संकलन गर्नमा विशेष भूमिका निर्वाह गर्ने सम्पुर्ण ईजरायल शाखाका प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन दिएका थिए ।
पिडित परिबारलाई यस अघि पनि बिभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएका समाजसेबी चन्द्रबहादुर कुँबरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!