
पर्वत–पर्वत उद्योग बाणिज्य संघ अन्तर्गत महिला उद्यम समितिको आयोजनामा हरितालीका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले परम्परागत संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नु हामी सवैको दायित्व भएको बताउँदै तीज पर्वलाई हर्षोल्लासका साथ मनाउन आग्रह गर्नुभयो । उहाँले कतिपय अवस्थामा तीज पर्वलाई भड्किलो बनाउँदै लगिएको बताउँदै यसलाई मोलीकतामै मनाउनु उपयुक्त हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य जुनादेवी नेपाली, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेल, फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, अनेमसंघकी जिल्ला अध्यक्ष कमला पन्त, नेपाल महिला संघकी सचिब मुना शर्मा लामिछाने लगायतले बोलेका थिए ।
महिला उद्यमी समुहकी सभापति माया गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब अम्बिका शर्माले गरेकि थिईन ।
सो अवसरमा जलजलाबाट भैसी पालन व्यावसाय गर्दै आएकी लक्ष्मी केसी, मोदी गाउँपालिकाकी सिलाईकटाई व्यावसायी कुमारी पुन, ढाका उद्यमी मनकुमारी थेवे र कृषि तफ शान्ति कुमारीशर्मा कुमाल, व्यूटिसियन तर्फ पुर्णमाया क्षेत्री, रेखा कँडेल अल्लो उद्यमी खिममाया खोर्जा पुन र झोला उद्यमी देउकुमारी सुनार लाई खाँदा, सम्मान पत्र र नगदले सम्मान गरिएको थियो ।
कार्यक्रममा कलाकार कृष्ण अखेली, सरस्वती लामिछाने र सुदिप क्षेत्रीको विशेष प्रस्तुती रहेको थियो ।