तीज गीत ‘बहिनी नाचिन’को भिडियोमा देखियो गज्जब अभिनय (भिडियो सहित) - News site from Nepal

काठमाडौं । नेपालीहरुको महान पर्व तीज नजिकिँदै गर्दा लोकप्रिय चर्चित गायिका सम्झना भण्डारी र हेमन्त कान्छा रसाइलीको स्वरमा “बहिनी नाचिन” बोलको गीत पृथ्वी इन्टरटेन्टमेन्ट बाट बजारमा आएको छ । सपना रसाइलीको उत्कृष्ट शब्द संयोजनमा रहेको गीतलाई गायक हेमन्त कान्छाले संगीत भरेका छन् ।
सार्वजनिक गीतको भिडियो पनि निकैनै उत्कृष्ट बनेको छ जस्मा शिव विकको निर्देशन रहेको छ भने, ‘नवराज उप्रेतीले छायांकन गरेका हुन् । भिडियोमा कलाकारहरु रेशम फिरिरि ,हेमन्त कान्छा रसाइली , विकाश राना, सम्झना भण्डारी, अस्मिता भण्डारी,एलिना ठकुरी, रुपा सुनार लक्ष्मी भण्डारीको उत्कृष्ट अभिनय हेर्न पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!