नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुदैँ गण्डकी प्रदेशका ५० पैदलमार्ग - News site from Nepal

माधव पराजुली, पोखरा
गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा ४८ स्थानमा पैदलमार्ग निर्माण भएका छन् । भ्रमण बर्षलाई लक्षित गर्दै गण्डकी प्रदेशसरकारले पर्यटकको बसाइ लम्ब्याउन तथा पर्यटकलाई नयाँ पर्यटकीय गन्तव्य स्थलमा लैजान पैदल मार्ग निर्माण गरेको हो ।
भ्रमण बर्षलाई लक्षित गर्दै गण्डकी प्रदेशसरकारले भु तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ मार्फत २३ वटा र पर्वत मार्फत २५ वटा नयाँ पर्यटकीय गन्तव्यहरुको रुपमा पैदल मार्गलाई विकास गर्न थालेको हो । ४८ स्थानमा पैदल मार्ग निर्माण गर्नको लागि उद्योग,पयटन,वन तथा वातावरण मन्त्रालयले ६ करोड भन्दा बढी रकम बिनियोजन गरेको थियो ।
गण्डकी प्रदेश सरकारले मिलेनियम टे«क, स्याङजा, घोडाबांधे हुंदै गाजाके दह, बाग्लुङ्ग पदमार्ग,गाईघाट झरना मा्तिमारे , बराहताल, कालीलेक शिवचुली हुर्द घोडाबाधे पर्यटन पदमार्ग बाग्लुङ, जैमीनि ६ फांट सम्सादेउराली मन्दिर देविस्थान मन्दिर चा्खे कोटघर माइकाथान हांडीकोट पदमार्ग बाग्लुङ, जैमीनि ६ फांट सम्सादेउराली मन्दिर देविस्थान मन्दिर चा्खे कोटघर माइकाथान हांडीकोट पदमार्ग बाग्लुङ, राम्चेढुङ्गा , तुलसीको पहिरो पर्यटकीय पदमार्ग,भिमसेन ढुङ्गा आंगाखेत सिरुवारी सिद्धेश्वर शिवालय मन्दिर मल्म मल्साङ पर्यटकीय पदमार्ग बागलुङ, बोक्सेखोला–सेकुङ्गताल पदमार्ग,टुकुचे–मार्फा पदमार्ग, दाङ्गखोला देखि देउताभिर पदमार्ग, मालिका–५, देविस्थान, ज्यारुकोट पदमार्गा, वे.न.पा.–२, भकुण्डे, म्याग्दी, अन्नपुर्ण हिमछहरा पदमार्ग, अन्नपुर्ण गा.पा., म्याग्दी लगाएतका स्थानमा नयाँ पैदल मार्ग निर्माण गरेको छ ।
त्यस्तै माच्छापुच्छ«े नमुना पदमार्ग,देवचुली डाँडा पैदल मार्ग,हुलचुक—गणेश हिमाल पदमार्ग,धार्चे रानीनाला पदमार्ग गोरखा,कुभिण्डे—उल्लेरी थाप्लेहिल पदमार्ग,छोरेपाटन—शान्तिस्तुपा पदमार्ग,महेन्द्र गुफा—मणि पदमार्ग पोखरा,राईनासकोट पदमार्ग,भलामचौर—गुरुङ सम्पदा पदमार्ग,भुलभुले —भुम्मे पदमार्ग,घमरचोक—दुधपोखरी पदमार्ग तनहुँ,ईकोपार्क पर्यटकीय पदमार्ग,व्यास परसर पदमार्ग,कोटकाली भयरथान—मिर्लिङकोट पदमार्ग,डुडाल ताल पदमार्ग,नासोङ पदमार्ग तनहुँ,घडेली खरीखोला पदमार्ग,पोखरा गल्याङ पदमार्ग निर्माण भएका छन् ।
त्यस्तै पर्वतको दुर्लुङकोट पदमार्ग,खुकोर्ट—अर्मादी पदमार्ग,खौलाकोट पदमार्ग,आर्थर पञ्चासे पदमार्ग,भमरकोट पदमार्ग,बच्छेश्वर पदमार्ग,कालिगण्डकी—लुरिङकोट पदमार्ग,लालेश्वर गुफा पदमार्ग,पुर्णगाउँ पोखरीथान पदमार्ग,तलातुम गुफा हुदै भोर्ले मन्दिर पुग्ने स्थानमा बनेका नयाँ पैदल मार्गहरु पर्यटकीय गन्तव्यको रुपमा विकास हुदैँ छन् । यी पैदल मार्गहरु ५ सय देखि ३ हजार मिटर सम्मका छन् ।
निर्माण गरिएका अधिकासं पैदलमार्ग बाट प्रकृति, भूगोल, अन्नपूर्ण प्रथम, निलगिरि नर्थ, निलगिरि सेन्टर, निलगिरि साउथ, तिलिचो पिक, अन्नपूर्ण फेङ हिमाल, माच्छापुच्छ«े हिमालको सुन्दर दृश्य दृख्न सकिन्छ भने ऐतिहासिक धार्मीक महत्वका मन्दिर,गुम्बा तथा ऐतिहासिक दरबारहरुमा पुग्न सकिन्छ । गण्डकी प्रदेशमा विभिन्न प्रजातिका गुराँस, उच्च हिमाली क्षेत्रमा पाइने विभिन्न प्रजातिका फूल, हिउँचितुवा, कस्तुरी मृग पनि यहाँ पाईन्छ भने जंगली सफारी मार्फत जगंली जनावरको पनि अवलोकन गर्न सकिन्छ ।
सरकारले २०२२ मा पर्यटन वर्ष मनाउँदै २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । त्योभन्दा अगाडि २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाख छिमेकी देशका पर्यटक आकर्षण वर्षका रुपमा बनाउँदै छ । त्यसका लागि पर्यटकीय पूर्वाधार थप्दै नयाँ पर्यटकीय गन्तव्यको खोजी गरिरहेको छ ।
अहिले भइरहेको पर्यटकीय क्षेत्रलाई विस्तार गर्न र पर्यटकको बसाइ लम्याउन निर्माण भएको पैदलमार्ग कोसेढुङ्गा सावित हुने गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले बताउनुभयो । उहाँले उक्त पैदलमार्गहरुको प्रचार प्रसार पनि उत्तिकै आवश्यक पर्ने बताउदै अब ति स्थानहरुमा पर्यटक लैजाने काम व्यवसायी तथा स्थानियवासीको भएको बताउनुभयो । शनिवार आन्तरिक पर्यटन प्रवद्र्धनका निम्ति पोखराको छोरेपाटन देखि शान्ति स्तुपा सम्म पैदल यात्रामा निस्किनुभएका मन्त्री लम्सालले पद्मार्गले पोखरामा सिमित पर्यटक अन्य स्थानमा लैजान ठुलो मद्दत पुग्ने बताउनुभयो । अहिले पोखरामा पर्यटकको बसाइ औषतमा दुईदेखि बढीमा तीन दिनसम्म हुने गरेको छ । पोखरामा आउने पर्यटक अब ति नयाँ पैदलमार्गको यात्रामा जान सक्नेछन् ।
पैदलमार्गले पर्यटकीय धार्मिकस्थलको संरक्षण तथा प्रवद्र्धनका लागि गण्डकी प्रदेशका विभिन्न ठाउँमा पर्यटन पूर्वाधार निर्माणकार्यको काम धमाधम थालिएको मन्त्री लम्सालले बताउनुभयो ।
पर्यटन विकासका लागि यस वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा ताल तलैया र पुराना ऐतिहासिक दरबार,मठ मन्दिर संरक्षण,पदमार्ग, पर्यटन सडक लगायतका अन्य भौतिक संरचना निर्माणकार्य शुरु गरिएको बताउनुभयो । उत्तरमा मुस्ताडको लोमान्थाङदेखि उच्च हिमाली टाकुरा धवलागिरी, अन्नपूर्ण, माछापुछ्रे र मनास्लुदेखि तराईको विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जसम्म फैलिएको गण्डकी प्रदेश समृद्धिको मुख्य आधार नै पर्यटन रहेको मन्त्री लम्सालको भनाइ छ । निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिको रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने सरकारको योजना पनि छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!