
पर्वत– दक्षिण पर्वतका विभिन्न क्षेत्रमा ठुलो असिना पानी परेको छ । जिल्लाको महाशीला गाउँपालिका र विहादी गाउँपालिकामा असिनाले क्षति पु¥याएको हो । साँझ परेको असिनाले महाशीलाका अधिकांस वडामा मकैवाली र तरकारी तथा फलफुलमा क्षति पुगेको महाशीलाका प्रवक्ता जीवन उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार लुंखुदउराली, फलामखानी, पाखापानी, भोक्सीङ र पैंयु गाउँपालिकामा पनि असिना परेको छ ।
त्यसैगरी विहादी गाउँपालिकामा पनि बाक्लो असिना परेको छ । असिनाले खेतवारीका मकै, फलफुल, तरकारी लगायत लाखौको अन्नवाली नष्ट गरेको बाच्छाबाट स्थानीय नन्दु गुरुङले जानकारी दिनुभएको छ । असिना आधा घण्टा परेको मसिनो भएपनि बाक्लो परेकाले क्षति पुगेको गुरुङले बताउनुभयो ।
पर्वतमा यस अघि असिनाले यति ठुलो क्षति कहिल्यै नगरेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।