
पर्वत– नेपाल तरुण दल पर्वतले विभिन्न आठ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई बनेको सरकारले आफ्ना जनजीविकाको पक्षमा कार्य गरी पूर्ण न्याय र समृद्धिको लागि कार्य गर्ने जनताले आशा गरेकोमा यसको उल्टो वर्तमान कम्युनिष्टको सरकार लागेको भन्दै ध्यानाकर्षण गराएका हुन् । राज्य तहबाटै संरक्षित भई देशमा बढ्दै गएको भ्रष्टाचार, महंगी, अन्याय एवं अत्याचारलाई न्यूनिकरण गर्नका लागि सरकारले विशेष पहल गरोस् भन्दै ज्ञापन पत्रमार्फत सुझाव दिर्ईएको छ ।
सरकारले नेपाली जनताको लोकतन्त्रको मुल्य र मान्यता अनुसार नागरिकलाई बाँच्न र स्वतन्त्र पेशा तथा व्यवसाय गर्न पाउने संबैधानिक अधिकारको खिल्ली उडाउदै गरेकोमा घोर अकर्मण्यता एवं जनतामारा र राष्ट्र«घाती कार्यहरू तत्काल बन्द गरी न्यायसंगत ढंगबाट जनताका जीवनयापन र कानुनी राज्यको अवधारणासँंग गाँसिएका कुराहरुलाई ध्यान दिन पनि तरुण दलले माग गरेको छ । निर्मला पन्त हत्याका दोषीलाई पत्ता लगाई कारवाहि गर्न, प्रतिपक्षि दलको सहमति र सहभागिता बिना गरिएको निर्णयहरु खारेज गर्न पनि ध्यानाकर्षण गराईएको छ ।
तरुण दलले विभिन्न ८ वटा विषयहरू समेटेर ज्ञापनपत्र बुझाएको हो । तरुण दल पर्वतका सचिब अमृत ठकुरी, सुवर्ण अर्यालय, राजेश श्रेष्ठ, दिनेश श्रेष्ठ, रामहरी शर्मा, आरसी पौडेल, राजन गुरुङ, दया सुवेदी लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालमार्फत ज्ञापन पत्र बुझाएको हो । सो अवसरमा प्रजिअ ढकालले उक्त ज्ञापन पत्र सम्वन्धित निकायमा तत्काल पु¥याउने प्रतिवद्धता जनाउनुभएको थियो ।