प्रमुख समाचार

प्रचण्डले भेटे मन्त्री अधिकारीका परिवारलाई, भने- सहनुको विकल्प छैन

By लोकतन्त्र अनलाईन

February 28, 2019

काठमाण्डौ – नेकपा अध्यक्ष प्रचण्डले हेलिकोप्टर दुर्घटनामा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेका छन् । बिहीबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रचण्डले अधिकारीकी श्रीमती, बुवा र आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन् ।नेकपा अध्यक्ष प्रचण्डले अधिकारी परिवारका सदस्यहरुलाई भेटेर शोकलाई सहनुको विकल्प नभएको बताएको भेटमा सहभागी अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिए ।प्रचण्डले बिहीबार बिहान नै यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ र नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सााझ नै मन्त्री अधिकारीका परिवारलाई भेटेका थिए ।