दीपक मनाङेले लिए सपथ - News site from Nepal
दीपक मनाङेले लिए सपथ

मनाङ जिल्लाकाे ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित
दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् ।
सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन् ।

सपथ खाए लगत्तै सभामुखले टीका लगाइदिए र उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले हात मिलाएर बधाइ दिए ।

मनाङे मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।

तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएका थिएनन् । उनले करिव ९ महिना जेल बसेका थिए । पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले सपथका लागि निवेदन दिएका थिए ।

सपथका लागि मनाङे सोमबार नै काठमाडौंबाट आएका थिए । सपथ लिएपछि खुशी व्यक्ति गर्दै उनले भने ‘ ९ महिना जेलमा बसेँ, अब केही दिन कुरौं भनेर कुरेको थिएँ ।’

उनले सरकारलाई राम्रो काममा सहयोग गर्ने बताए । मनाङले आफू कुनै पार्टीमा प्रवेश गर्ने विषयमा अहिले नसोचेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!