प्रमुख समाचार

विद्यार्थी नेता शिशिरले यसरी मनाए आफ्नो जन्मदिन

By लोकतन्त्र अनलाईन

January 28, 2019

पर्वत–नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्यापसका ईकाई सभापति तथा नेविसंघका जिल्ला सदस्य शिशिर पौडेलले आप्mनो २६ औँ जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । उहाँले कुश्मा नगरपालिका १ पाङको मालढुंगामा रहेको श्रमिक प्राथमिक विद्यालयका ३२ जना विद्यार्थीहरुलाई कापी, कलम, जमिट्री बक्स लगायतका सामग्रीहरु सहयोग गर्नुभएको हो । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजकुमार क्षेत्रीले जन्मदिनको अवसरमा भोजभतेरमा खर्च गर्नुभन्दा सामाजिक सेवाका लागि पैसा खर्च गरेकोमा पौडेलले धन्यवाद ज्ञापन गर्नुभयो । सहयोगपछि बोल्दै पौडेलले आप्mनो सहयोगले विद्यार्थीलाई धेरै प्रेरणा मिल्ने भन्दै पार्टी गर्नका लागि खर्च गरिने पैसाले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिकी सदस्य सिता माझीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक तेजेन्द्र आचार्यले गर्नुभएको थियो । शैक्षिक सामग्री सहयोग कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्वतका उपाध्यक्ष आर.सी. पौडेल रामचन्द्र, फलेवास नगरपालिका तरुण दलका अध्यक्ष शरोज खनाल, नेविसंघ महाशिलाका अध्यक्ष बिशाल नेपालीको पनि सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघका कुश्मा नगरपालिका संयोजक अजय पोखरेलले गर्नुभएको थियो ।