पर्वत वेलफेयर सोसाईटी यूकेद्धारा स्थापना गरिएको अक्षकोषवाट दृष्टिविहिन विद्यार्थीहरुलाई छात्रवृति - News site from Nepal

पर्वत– पर्वत सदरमुकाम कुश्मा स्थित शिवालय माविमा संचालित जिल्लाकै एक मात्र दृष्टिविहिन श्रोत कक्षाका विद्यार्थीलाई छात्रवृत्ती वितरण गरिएको छ । पर्वत वेलफेयर सोसाईटी यूकेले वि.स २०७३ सालमा स्थापना गरेको १० लाख बरावरको अक्षयकोष आज वितरण गरिएको हो ।दृष्ट्रिविहिन वालवालिकालाई अध्ययनमा सहयोग गने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरेको थियो ।

पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आले, पर्वत वेलफेयर सोसाईटी यूकेका उपाध्याक्ष विनोद पुरी, पर्वत वेलफेयर सोसाईटी यूकेका महासचिव भरत पौडेल, पर्वत वेलफेयर सोसाईटी यूकेका निवर्तमान अध्यक्ष दधि आचार्य, पर्वत वेलफेयर सोसाईटी यूकेका सल्लाहकार एवम् अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, पर्वत वेलफेयर सोसाईटी यूकेका सल्लाहकार एवम् कोलबर्न टाउन यूकेका मेयर डाक्टर जगनाथ शर्मा, पर्वत वेलफेयर सोसाईटी यूकेका सल्लाहकार मिठुलाल विश्वकर्मा र पर्वत वेलफेयर सोसाईटी यूकेका सल्लाहकार एवम् पूर्व अध्यक्ष नरजंग गुरुङको सक्रियतामा उक्त अक्षकोष स्थापना गरिएको हो ।

विद्यालयमा स्थापना गरिएको अक्षकोषवाट १८ जना दृष्टिविहिन विद्यार्थीलाई नगद ५ हजारका दरले रकम वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरी, कुश्मा नगरपालिकाका नगर शिक्षा शाखा अधिकृत दिपक सुवेदी, शिवालय माविका प्रधानाध्यापक भुपेन्द्र चापागाई र पत्रकारहरुको रोहवरमा रकम वितरण गरिएको विद्यालयका शिक्षक ढाकाराम पुरीले जानकारी दिनुभयो ।

रकम पाएपछि छात्रवासमा अध्ययनरत विद्यार्थीले आर्थिक अभावका कारण अध्ययनमा समस्या भएको बेला छात्रवृत्ती स्वरुप रकम पाउँदा खुशी लागेको बताउनु भयो । छात्रवासमा अध्ययनरत विद्यार्थी हेमकुमारी माझीले भन्नुभयो–‘प्रवासमा बसेर पनि हाम्रो समस्यालाइ नजिकवाट नियाल्नु भएका पर्वत वेलफेयर सोसाईटी यूके परिवारलाई धन्यवाद दिनुभयो ।

विद्यार्थीलाई रकम वितरण गदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले समस्यामा परेका दष्टिविहिन विद्यार्थीलाई प्रवासमा भएका पर्वतेहरुको सहयोगले राहात मिलेको बताउनु भयो । उहाँले दाताहरुको सहयोगमा दृष्टिविहिन श्रोत कक्षा संचालन गरेको बताउँदै अक्षकोषलाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बताउनु भयो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा शाखा अधिकृत दिपक सुवेदी लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रमको संचालन शिवालय माविका शिक्षक राजेन्द्र पहाडीले गर्नुभएको थियो ।

अक्षकोष प्रश्चात पर्वत नेपाललाई संक्षिप्त जानकारी दिँदै पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेले दृष्ट्रिविहिन वालवालिकालाई अध्ययनमा सहयोग पु¥याउन अक्षकोष स्थापना गरिएको बताउनु भयो । उहाँले रकम सानो भएपनि विद्यार्थीको दिर्घकालिन समस्यालाई न्यूनीकरण गर्न यूकेमा बसोवास गदै आएका पर्वतेहरुको सहयोगमा उक्त अक्षकोष स्थापना गरिएको उहाँको भनाई छ ।

पर्वत वेलफेयर सोसाईटी यूके विशु्द्ध सामजिक संस्था भएको बताउँदै समस्यामा परेका नागरिकहरुलाइ सहयोग गर्ने र जिल्लाका अन्य विद्यालयमा पनि अक्षकोष स्थापना गने योजना बनाईरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!