पर्वत – कुश्मा नगरपालिकालाई आगामी २०७७ साल असोज मसान्त सम्ममा बालमैत्री नगर घोषणा गर्ने कार्यक्रम अनुसार वडा न. १ पाङले पनि बालमैत्री घोषणा कार्यक्रमलाई तिब्रता दिएको छ । जस अनुसार वडा न.१ मा बसेको बालबालिकाको भेलाबाट एलिना पौडेलको अध्यक्षतामा १३ सदस्ययी बाल सञ्जाल गठन भएको छ ।
बाल सञ्जाल गठन कार्यक्रमको विषयवस्तुमाथि वडा न.१ का वडाध्यक्ष देबेन्द्र सुबेदिले प्रकाश पार्दै यस नव गठीत बाल सञ्जालले वडा न.१ मा बालबालिका सम्वन्धी हुने बालश्रम, बालबिबाह, लागु पदार्थ दुव्र्यशनी जस्ता गलत संस्कारको बारेमा सचेतना, र्याली र यसको न्युनिकरणमा खबरदारी गर्ने बताउनुभयो ।
उहाले आफूले पनि आफ्नो ठाउँबाट सहयोग पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । कार्यक्रममा साबिकका सबै टोलका बालक्लव, सामुदायिक र संस्थागत बिधालयका बालक्लवहरुको सहभागिता रहेको थियो ।