काठमाडौं : यही मंसिर ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल-भारत पारवहन सन्धि पुनरावलोकनसम्बन्धी सहसचिवस्तरीय बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृतवमा १० सदस्सीय वार्ता टोली गठन गरेको छ।
मन्त्रिपरिषद्का निर्णयबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सहसचिवस्तरमा भारतसँग पारवहन सन्धि पुनरावलोकनसम्बन्धी वार्ता हुने जानकारी दिए। त्यस्तै मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ।