
पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको जनक माविको ६० औ बार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद पदम गिरीले अब गाउँ गाउँमा गुणस्तरी शिक्षाको विस्तार हुने बताउनुभयो । जवसम्म ग्रामीण तहमै रहेका सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धि हुन सक्दैन तबसम्म गाउँबाट बसाईसराई गर्ने क्रम बढ्ने भएकाले गाउँमै प्रविधियुक्त र गुणस्तरीय शिक्षाको विस्तारमा सरकारले ध्यान दिएको बताउनुभयो । अब सवलै विद्यालयमा अंग्रेजी माध्यमक, प्राविधिक कक्षाहरु संचालन गर्नका लागि तीनै तहका सरकारले ध्यान दिएको बताउनुभयो । सांसद गिरीले केपी ओली नेतृत्वको सरकारले धेरै राम्रा कामहरु अघि सारेको बताउँदै अबको चार वर्षमा नागरिकले सोचे भन्दा पनि बढि विकास हुने बताउनुभयो । उहाँले पहिलो वर्ष संविधान कार्यान्वयको रुपमा वितेपनि अबका बाँकी दिनहरुमा विकास र समृद्धिको लागि मात्रै काम हुने बताउनुभयो । उहाँले नागरिकसँग निर्वाचन अघि गरेका बाचाहरु पुर्ण रुपमा कार्यान्वयमा आउने बताउँदै ढुक्क हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले नगरभित्रको शैक्षिक विकासका लागि विभिन्न योजनाहरु तर्जुमा गरेर कार्यान्वयन गर्न थालिएको बताउनुभयो । उहाँले अब गुणस्तरीय शिक्षा खोज्दै भोतारिनु नपर्ने बताउँदै शिक्षकहरुको क्षमता विकास गरेर सामुदायिक विद्यालयमा पनि सवै हिसावले गुणस्तरीय शिक्षा दिईने बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता मेघनाथ सुवेदीले गुणस्तरीय शिक्षाको विकास बिना राज्यले चाहेजस्तो समृद्धि हासिल हुन नसक्ने बताउँदै प्रविधियुक्त शिक्षालाई गाउँ गाउँसम्म पु¥याउने बताउनुभयो । उहाँले नेकपा नेतृत्वको सरकारले विगतमा जस्तै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा नविन योजनाहरु ल्याउने बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेतृ मनरुपा सुवेदी, वडा अध्यक्ष सुजन विक अमर, नेकपाका वडा संयोजक भागीरथ तिवारी, नेपाली काँग्रेसका विष्णुहरी तिवारी, नगर कार्यपालिका सदस्य देवेन्द्र नेपाली, शिक्षक संगठनका अध्यक्ष चिरञ्जिबी अधिकारी लगायतले बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत देवि अधिकारी र संचालन शिक्षक भिमराज सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा प्रअ टेकनाथ अधिकारीले विद्यालयको आय व्यय र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कार पनि वितरण गरिएको थियो ।