पर्वतको भुकताङ्लेमा नागरिकता वितरण शिविर, स्थानीय लाभान्वित - News site from Nepal

पर्वत– पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेमा एक दिने नागरिकता वितरण शिविर सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले आयोजना गरेको शिविरमा स्थानीय असहाय, असक्त, गरिब तथा विपन्न नागरिकहरु बढि मात्रामा लाभान्वित भएका छन् । घण्टौ समय र हजारौ रुपैया खर्च गरेर सदरमुकाम कुश्माबजार आउनुपर्ने स्थानीयको बाध्यतालाई मध्यनजर गर्र्दै गाउँमै शिविर संचालन गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा ६१ वटा नागरिकता वितरण गरिएको छ भने २४ जनाको फोटो सहितको नामावली संकलन गरिएको छ । ३० जनाले प्रतिलिपि नागरिकता लिएका छन् भने ३१ जनाले नयाँ नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयदेखि नागरिकता लिन नसकेका वा हराएका व्यक्तिहरुले नागरिकता लिएका छन् । यस बाहेक अपाङ्गता भएका र अन्य समस्यामा परेकाहरुलाई पनि विभिन्न सिफारीसहरु दिईएको सुवेदीले बताउनुभयो । शिविरमा भुकताङ्ले र देउपुरका नागरिकहरुको सहभागिता रहेको थियो ।
यसैबीच समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्वतको मोदी गाउपालिका वडा न. १ भुकताङलेमा रहेको भुक देउराली माध्यमिक विद्यालयमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र विद्यालयको सहकार्यमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । विद्यालयका प्रधानाध्यापक तथा विद्यालय सम्पर्क संयोजक विकास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, बिद्यालय व्यवस्थापन अध्यक्ष, शिक्षक, शिक्षिका तथा अभिभावक तथा विधार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा आधारभुत सुरक्षा, सामुदाय प्रहरी साझेदारीको महत्व, घरेलु हिंशा नियन्त्रण, साईवर सुरक्षा तथा लागु औषध नियन्त्रण विषयहरुमा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले प्रशिक्षण प्रदान गर्नु भएको थियो भने प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले समाजमा शान्ति सुरक्षाको लागी बिधार्थीहरुको पनि महत्व पुर्ण भूमिका हुने र सामाजिक विकृतिलाई हटाउनको लागी प्रहरी र विधार्थीको सम्वन्ध जरुरी रहेको वताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!