मनकारी आर्थरडाँडाखर्के गुरुङहरु, निजी लगानीमा बिद्यालयमा खुल्ला मञ्च - News site from Nepal

पर्वत /पर्वतको कुस्मा नगरपालिका वडा नं १४ डाडाँखर्क गाउँको एक परिवारले निजी लगानीमा स्थानिय बिद्यालयमा खुल्ला मञ्च निर्माण गर्ने भएका छन ।
कुस्मा नगरपालिका वडा नं १४ डाडाँखर्क स्थित शुभकल्याण आधारभूत बिद्यालयमा स्व. मेजर धनबहादुर गुरुङ्ग र स्व. नरबहादुर गुरुङ्गको परिवारले निजी लगानीमा मञ्च निर्माण गर्न लागेको हो । बिद्यालयमा बन्ने मञ्चको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शिलन्यास गरे ।
स्वर्गिय मेजर धनबहादुर गुरुङ्ग र नरबहादुर गुरुङ्गको स्मृतिमा परिवारका सदस्यहरुले बिद्यालयमा मञ्च निर्माण गर्न लागेका हुन । दुवै परिवारका सदस्यहरुले मञ्च निर्माणका लागि झण्डै १२ लाख रुपैंया खर्च गर्ने नाति शेरबहादुर गुरुङ्गले जानकारी दिए । ‘दिवंगत पितृहरुको स्मृति सधैं ताजा होस भनेर उहाँहरुको सन्तानले मञ्च बनाउने निर्णय गरेका हौ’ उनले भने ।
लिटिल स्टेप फाउन्डेसनका अध्यक्ष समेत रहेका शेरबहादुर गुरुङ्ग र पञ्चकोशी समाजका अध्यक्ष क्याप्टेन लाजकाजी गुरुङ्गको सक्रियतामा बिद्यालयमा १ लाखको अक्षयकोष स्थापना गरिएको थियो भने शेरबहादुर गुरुङ्गको पहलमा रोटरी क्लब अफ पोखराबाट ७ लाख बराबरका फर्निचर, कम्युटर लगायतका सामाग्री समेत यस अघि सहोग गरिएको थियो । परिवारको तर्फबाट स्थापित अक्षयकोषमा अझै रकम बृद्धि गर्दै लैजाने लक्ष्य रहेको गुरुङ्गले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!