पर्वतमा पनि अब सह–सचिब सिडीओ, गृह मन्त्रालयमा २० सहसचिवको दरबन्दी थपिँदै - News site from Nepal

 काठमाडौं : अब पर्वत लगायतका केहि जिल्लामा सहसचिब सिडीओ रहने भएका छन् । त्यसका लागि गृह मन्त्रालयले २० जना सहसचिवको दरबन्दी थप्ने प्रक्रिया अघि बढाएको छ।
उसै त संघीयताको मर्मविपरीत केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी राखिएको भन्दै प्रदेश, स्थानीय तह र प्रशासनविदहरले आलोचना गरिरहेका सन्दर्भमा सो प्रक्रिया अघि बढाइएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ। मंसिर ३ मा बसेको मन्त्रिपरिषदको बैठकले गृहमा थप २० सहसचिव दरबन्दी थप्ने प्रस्ताव स्वीकृत गरेको गियो।
गृहले सो प्रस्ताव सामान्य प्रशासन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा लगेको थियो। सो प्रस्ताव स्वीकृत भएसँगै सहसचिव थप्ने प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!