लोक गायक प्रकाश सपुतले बुटवल पुगेर यसरी गाए बोल माया एक वचन वोल लाईभमा (भिडीयो सहित) - News site from Nepal

बुटवल – पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल लोक दोहोरी गायक प्रकाश सपुतले बुटवलमा पुगेर बोल माया एक बचन बोल गीत लाईभ प्रस्तुत गरेका छन् । गण्डकी प्रदेश सरकारले संचालन गरेको पर्यटन प्रवद्र्धन अभियान (सेल्स मिसन) अभियान अन्तर्गत वुटवलमा भएको कार्यक्रममा उनले बोल माया सँगै पछ्यौरी गीत पनि प्रस्तुत गरेका थिए । उनले पछ्यौरी गाउँदा छमछमी नाचेका दर्शकहरु बोल माया गाउँदा भने भावुक बनेका थिए । उनले गीत मार्फत दर्शकहरुलाई गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका विभिन्न जिल्लामा घुम्न आग्रह गरेका थिए ।
भिडियो

कार्यक्रममा बरिष्ठ कलाकार प्रजापतिपराजुली, लोक गायक कृष्ण अखेली, रामजी पौडेल, शान्ता बर्देवा र जस्मिन गुरुङ लायतको प्रस्तुती रहेको थियो । सो अवसरमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीले सम्वोधन गर्दै गण्डकी प्रदेश पर्यटनको अथाहा सम्भावना भएकोले स्वर्गिय आनन्द लिनका लागि एकपटक गण्डकी प्रदेशका जिल्लाहरु घुम्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari