गण्डकी प्रदेशमा घटस्थापनाको दिन सार्वजनिक बिदा  - News site from Nepal
गण्डकी प्रदेशमा घटस्थापनाको दिन सार्वजनिक बिदा 

काठमाडौँ — गण्डकी प्रदेश सरकारले दसैंको घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही असोज १२ गते परेको घटस्थापनाको दिन सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।केन्द्र सरकारको निर्णयबाहेक प्रदेश सरकारलाई थप ६ दिन बिदा गराउन पाउने सुविधा छ ।

घटस्थापनाको दिन बिदा दिने निर्णय चौथौ हो । यसअघि माघे संक्रान्ति, ल्होछार लगायतमा पर्वमा बिदा दिइएको थियो

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari