विहादी गाउँपालिकाको बजेट २९ करोड बढी, स्मार्ट पिपुल अफ स्मार्ट गाउँपालिका बनाउने - News site from Nepal


पर्वतको विहादी गाउँपालिकाको आगामी बजेट २९ करोड ५८ लाख ३० हजार रुपैंया प्रस्तुत गरिएको छ । मंगलवार गाउँपालिकाको पाँचौ गाउँ सभामा उपाध्यक्ष डम्बर कुमारी गुरुङले आगामी आर्थीक बर्ष २०७६/०७७ का लागि पुँजीगत खर्च १२ करोड पन्ध्रलाख ३० हजार र चालुगत खर्च १७ करोड ४३ लाख बराबरको रकम प्रस्तुत गर्नुभयो । गाउँपालिकाले स्मार्ट पिपुल अफ स्मार्ट गाउँपालिकामा जोड दिदै डिजिटल डिभाईड लाई न्यूनिकरण गर्नेमा जोड दिदै बजेट ल्याएको छ ।
गाउँपालिकाले समग्र पर्यटन,कृषि,शिक्षा,स्वास्थ्य, खानेपानी, तथा सरसफाई,भाषा संस्कृति,युवा खेलकुद,वातावरण, तथा जलवायू अन्तरसम्बन्धीत बहुअयामीक क्षेत्रलाई जोड दिदै बजेट ल्याएको छ ।
गाउँपालिकाले आन्तरिक राजस्व ३७ लाख ४० हजार रकम उठाउने लक्ष्य लिएको छ ।
नेपाल सरकार बाट प्राप्त बित्तिय समानीकरण अनुदान तर्फ ७ करोड १८ लाख,राजस्व बाडफाँड बाट ४ करोड ६८ लाख,सर्शत अनुदान तर्फ रु. १३ करोड ४३ लाख र गण्डकी प्रदेश सरकार बाट प्राप्त वित्तिय समानीकरण अनुदान तर्फ १ करोड २१ लाख ११ हजार,राजस्व बाडफाँड १६ लाख ७९ हजार,समपुरक अनुदान १ करोड,गाउँपालिकाको सञ्चय कोषमा बाँकी रकम १ करोड ५० लाख गरि कुल आय २९ करोड ५८ लाख ३० हजार प्रपेक्षण गरिएको छ ।

विहादी गाउँपालिकाले सोही दिन निति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कृषि, पशु,उर्जा,पर्यटन,शिक्षा,स्वास्थ्य समृद्धि विहादीको मुख्य पहिचान भन्ने मुल नारालाई अबलम्वन गरिएको छ ।
जनताका असिमित आकांक्षाहरुलाई समेट्ने बिषय वस्तुहरुलाई निति तथा कार्यक्रममा जोड दिएको छ ।
निति तथा कार्यक्रमको पुर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस http://bihadimun.gov.np/policy_2076-77

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!