प्रमुख समाचार

पर्वतको जलजलाकी चौध वर्षिया बालिका विगत एघार दिनदेखि वेपत्ता

By लोकतन्त्र अनलाईन

March 26, 2019

पर्वत– उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नं.७ धाईरिङ्गकी एक बालिका विगत एघार दिनदेखि वेपत्ता बनेकि छिन् । चैत २ गते दिउँसो १२ बजेको समयमा घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षिया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा नआएकी हुन् । गहुँ गोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी ५फिट उचाई भयकी रिजाल दिउँसोको समयमा घर भन्दा केहि तलको सल्यान फाँटमा घाँस काट्न भनि गएको तर अहिलेसम्म नफर्किएको स्थानीय टेकनारायण आचार्यले जानकारी दिनुभयो । साँझ अवेरसम्म पनि घाँस लिएर घर नफर्केपछि सवै ठाउँमा खोजी गरेपनि कुनै पत्ता नलागेको बालिकाका बाबु महानन्द रिजालले जानकारी दिनुभयो । आफन्त, इष्टमित्र, गाउँ वरिपरी जताततै खोजतलास गर्दापनि नभेटिएको रिजालले बताउनुभयो । उनिहरुले अहिले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् । परिवारले सोमवार प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका हुन् । यता प्रहरीले मातहतका सवै युनिटहरुबाट बालिकाको हुलिया सहित खोजी कार्य भैरहेको जनाएको छ । महानन्दका चार छोरी र पाँच छोरा रहेका छन् । उनि कान्छी छोरी हुन् । झट्ट हेर्दा सुस्त मनस्थिति भएकी जस्ती देखिने बालिका एक्कासी सम्पर्क विहीन भएपनि परिवार चिन्तित बनेको छ ।