बागलुङको बिहुँ पुगेर पर्यटन मन्त्री लम्सालले भने -‘नेचर र कल्चरको प्रयोग गरौं’ - News site from Nepal

बागलुङ – गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि बिकास लम्सालले देशको ‘नेचर र कल्चर’ लाई प्रयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्ने बताएका छन् । प्रकृतिले भरीपुर्ण रहेको नेपालमा कला र संकृति समेत कयौं रहेकाले तिनको प्रयोग गरेर आर्थिक उपार्जनको बाटोमा लाग्नुपर्ने मन्त्रि लम्सालको भनाई थियो । बागलुङ काठेखोला गाउँपालिका ५ बिहुँमा शनिवारदेखि सञ्चालनमा आएको शिवधुरी सामुदायी घरबास (होमस्टे) को उद्घाटन गर्दै मन्त्रि लम्सालले कला संकृतिको संरक्षण र प्राकृतिक सम्पदाको अधिकतम प्रयोग गरेर पर्यटनको विकासमा लाग्नु पर्नेमा जोड दिए ।
गण्डकी प्रदेश सरकारले यस आर्थिक बर्षको नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमीकतामा राखेर ३ सय घरबास सञ्चालनमा ल्याउने तयारीमा रहेको भन्दै उनले त्यसको लागि बजेटको व्यवस्थापन समेत गरेको बताए । ३० करोड बजेट बिनियोजन भएको र प्रत्यक घरबासको व्यवस्थापनका लागि दश लाख रुपैयाँ नघट्नेगरी अनुदान उपलव्ध गराई आश्वासन लम्सालले दिए । कार्यक्रम घोषणाको तयारी भैरहेकाले केही दिनमानै घरबासका लागि अनुदान सम्बन्धि प्रदेश सरकारको कार्यक्रम सार्वजनिक गरीने बताए । लम्सालले बागलुङलाई धार्मिक पर्यटनको हवका रुपमा बिकास गर्नुपर्ने बताए । प्रसस्त धार्मिक पर्यटकीय क्षेत्रहरु रहेको बागलुङमा धार्मिक पर्यटनको सम्भावना रहेको उनको तर्क थियो । एक फरक प्रसंगमा बोल्दै लम्सालले आगामि फागुन महिना देखी प्रदेश सरकारका कामले गति लिने बताए । नयाँ संरचना भएकाले व्यवस्थापनमा समय खर्चिनु परेको भन्दै लम्सालले अव आर्थिक बिकासका लागि काम गर्ने समय आएको बताए ।
गाउँ पर्यटन मञ्च नेपालको आयोजनामा भएको उदघाटन कार्यक्रम पछि बोल्दै मन्त्री लम्सालले पर्यटनका विकासले मात्र प्रदेशको आर्थिक विकास हुने उल्लेख गर्दै ग्रामिण पर्यटन विकासका प्रदेश सरकार सधै तयार रहेको बताए । ‘हामी ग्रामिण पर्यटन विकासको पूर्वधार निर्माणको चरणमा छौँ उनले भने–‘ सन् २०२२ सम्म लक्ष्य अनुरुप २० लाख पर्यटक भित्रनेमा कुनै शंका छैन ।’ स्थानीय उत्पादनलाई पर्यटन क्षेत्रसँग जोड सकेमात्र व्यवसायिक पर्यटन प्रवद्र्धन हुने उनको भनाई थियो । स्थानीय ११ घरपरिवारको लगानीमा होम स्टे संचालनमा आएको हो । ११ घरमा संचालन भएको होम स्टेमा ७० जनाको क्षमता रहेकोे शिवधुरी सामुदायिक होम स्टेका सचिव प्रेमबहादुर पुनले जानकारी दिए । होम स्टे बिहुँको काउले, मिलनचोक, सापकोटा चोक र ठामडाडाको घरमा संचालन गरिएको छ । होम स्टेलाई व्यवस्थित गर्नको लागि गाउँपर्यटन प्रबद्र्धन मञ्चले एक दिने घरबास अभिमुखीकरण तालिम प्रदान गरेको थियो ।
सो स्थानबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छे, मानापाथी, नन्दभाउजुु लगायतका दुुई दर्जन बढी हिमश्रृखला देखिनुका साथै त्रिपुरेश्वर महादेव मन्दिर (शिव मन्दिर) लगायतका धार्मिक स्थलको अवलोकन गर्न सकिन्छ । होम स्टेमा लोक कुखुुरा, फापर, स्थानीय कोदोको ढिडो, आलु, मुला, गाजर, मकै भटमास लगायतका उत्पादन खानाको रुपमा प्रयोग हुने सचिव पुनको भनाई छ । कार्यक्रम गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा, बागलुुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा, पर्यटन मन्त्रालयका पूर्वसचिव सुरेशमान श्रेष्ठ, गाउँ पर्यटन प्रबद्र्धन मञ्चका पूर्वसल्लाहकार प्रा.डा प्रेम शर्मा, गण्डकी प्रदेशका अध्यक्ष रविन्द्रप्रसाद पौडेल, पूर्वध्यक्ष चित्र गुरुङ, काठेखोला गाउँपालिका–५ का वडाध्यक्ष शिवप्रसाद कँडेल, टेकिङ एजेन्सी (टान) का केन्द्रीय सदस्य राजनप्रसाद काप्रि लगायतले बोलेका थिए ।
होम स्टे संचालनको विधि र प्रक्रियाको बारेमा गाउँ पर्यटन प्रवद्र्धन नेपालका अध्यक्ष केन्द्रीय अध्यक्ष धुर्व सिंखडाले जानकारी दिएका थिए । कार्यक्रममा शिवधुरी सामुदायिक होम स्टेका अध्यक्ष प्रेमबहादुर श्रीसको स्वागत र मञ्चका प्रथम उपाध्यक्ष दीपक दाहल संचालनमा सम्पन्न भएको थियो । सरकारले आवश्यक कानुन निर्माण नगरे प्रदेश सरकार आफैले कानुन निर्माण गर्ने बताउनुुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!