
पर्वत– पर्वतको फलेवास नगरपालिका वडा नं. ८ ठानामौलामा बुधवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेकपाका सक्रिय सदस्य तथा तत्कालीन नेकपा एमालेका इलाका नं. ७ का सदस्य, सेल्टरदाता टिकाराम रिजालको निधन भएको नबौ दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो ।
नेकपा फलेवास वडा नं. ८ को आयोजनामा भएको कार्यक्रममा बोल्दै नेकपाका प्रदेश कमिटि सदस्य देवेन्द्रराज पाण्डेले रिजालको निधनले सिंगो पार्टीमा अपुरणीय क्षति पुगेको बताउनुभयो ।
उहाँले यस शोकलाई शक्तिमा बदली पार्टीलाई अझै मजवुत बनाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य मनबहादुर कुँवर,नेपाली काँग्रेसका प्रतिनिधि देवीप्रसाद रिजाल, स्वर्गिय टिकारामका छोरा तथा बुद्धिजिवि परिषद पर्वतका अध्यक्ष विष्णुप्रसाद रिजालले उहाँको योजनदानको बारेमा चर्चा गर्नुभएको थियो ।
नेकपा वडा सदस्य यमप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जीवलाल तिमिल्सिनाले गर्नुभएको थियो ।
स्वर्गिय रिजाल भूमिगत कालमा कम्युनिष्टको सेल्टरदाता र विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको थियो ।