कुश्माको शिवालय माविको ३८ औँ वर्षिकोत्सव तथा ३७ औँ अभिभावक दिवस सम्पन्न - News site from Nepal

पर्वत– पर्वतको सदरमुकाम कुश्मामा रहेको शिवालय माविको ३८ औँ वर्षिकोत्सव तथा ३७ औँ अभिभावक दिवश आज सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयको प्रगति विवरण र आर्थिक विवरण प्रस्तुत भएको छ ।
विद्यालयमा स्थापित ८ वटा अक्षयकोष वितरण, कक्षागत रुपमा उत्कृष्ठ भएका विद्यार्थीलाई पुरस्कार वितरण, विभिन्न विधाका छात्रवृति वितरण, अभिभावक सम्मान, निवृत शिक्षक र उत्कृष्ठ शिक्षकलाई सम्मान लगायतका कार्यक्रम गरिएको छ । वार्षिकोत्सव तथा अभिभावक दिवशको अवसरमा विद्यार्थीहरुको नृत्य, गीत, कवितावाचन लगायतका कार्यक्रम पनि भएका छन् । विद्यालयले उत्कृष्ठ शिक्षक सम्मान अन्तर्गत शिक्षक कमलनाथ शर्मा, लक्ष्मी शर्मा, हरिनारायण रेग्मी, ढाकाराम पुरी र विष्णुकुमारी श्रेष्ठलाई सम्मान गरेको छ । विद्यालयले शिक्षक कमला शर्मा, गुरुप्रसाद उपाध्याय र पूर्णहरी रेग्मीलाई विदाई गरेको छ ।
अभिभावक कृष्ण नेपालीलाई पनि सम्मान गरिएको छ । प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले पर्वतको शैक्षिक क्षेत्रमा शिवालय माविको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । शिवालयको गौरवमय विरासतलाई आगामी दिनमा थप उचाईमा पु¥याउन सम्बद्ध सबैले मिहेनत गर्नुपर्ने पौडेलले बताउनुभयो । उहाँले शिवालय माविको सर्वागिंण विकासमा स्थानीय तह सहित जिससले आवश्यक सहयोग गर्ने बताउनुभयो । कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले सामूदायिक विद्यालयमा अभिभावकहरुको चासो कम हुने गरेको बताउँदै अभिभावकहरुले सामूदायीक विद्यालय आफ्नै हो भनेर सुधार्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षाको ज्योती फैलाउने शिवालय माविलाई आगामी दिनमा थप प्रगति गर्न सुझाव दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीको सभापतित्वमा भएको उक्त समारोहमा कुश्मा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरि पंगेनी, जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख उद्धिमराज पौडेल, कुश्मा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारी,पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडी, विद्यालयका पूर्व प्रअ डा. चुडामणी शर्मा, नारायण माविका प्रअ अम्विका आचार्य लोहनी, शिवालय माविका संस्थापक अध्यक्ष तोयानाथ चालिसे , शिवालय क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु प्रसाद नेवार लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयको प्रगति विवरण प्रधानाध्यापक भूपेन्द्र चापागाईले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन लेखा प्रमुख ढाकाराम पुरीले प्रस्तुत गर्नुभयो । स्वागत शिक्षक अभिभावक संघका अध्यक्ष गोकर्ण श्रेष्ठ र समग्र कार्यक्रमको सञ्चालक शिक्षक राजेन्द्र पहाडीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!