पर्वतको कुश्मामा यसरी शुरु भयो लैगिंक हिँसा विरुद्धको १६ दिने अभियान - News site from Nepal

पर्वत– लैगिंक हिँसा विरुद्धको १६ दिने अभियान पर्वतको कुश्मा नगरपालिकाले पनि औपचारिक कार्यक्रमका साथ शुरु गरेको छ । नेपाल सरकारको राष्ट्रिय नारा समानताको पुस्ता वलत्कार बिरुद्ध एकता भन्ने नाराका साथ कुश्मा नगरपालिकाले १६ दिने अभियान शुरु गरेको हो ।
अभियानको पहिलो दिन आज एक कार्यक्रमको बिच अभियान शुरु भएको छ । शुरु दिन सरोकारवालाहरुको बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । १६ दिन सम्म वडावडामा सचेतनामुलक कार्यक्रम गरि अभियान समापन गरिने भएको छ । कार्यक्रमको शुरुवात गदैै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले प्रथा, परम्परा, संस्कार र सामाजिक रहनसहनका कारण लैगिंक हिँसा अपेक्षित रुपमा न्यूनिकरण हुन नसकेको बताउनुभयो । विगत भन्दा अहिले हिँसा तुलनात्मक रुपमा कम हुँदै आएको तथ्यांकहरु पाईएपनि सारभूत रुपमा हिँसाको स्वरुप भने उस्तै रहेको विश्वकर्माले बताउनुभयो ।
उहाँले पूरुष भन्दा महिला बढिमात्रा हिँसामा परेको र महिलामाथी हिँसा गर्न महिला नै अग्रसर बन्नु दुखद पक्ष रहेको औल्याउनुभयो । दुरदराजमा धेरै हिँसाका घटना लुकिरहेको जिसस प्रमुख विश्वकर्माले बताउनुभयो । कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले लैगिंक हिँसा, दुव्र्यवहार र अपहेलनामा शुन्य सहनशिलताको नीति लिईने बताउनुभयो । नगरउपप्रमुख लामिछानेले सम्मुनत र विभेदरहित समाज निर्माणमा पूरुष र महिलाको समान दायित्व रहेको बताउनुभयो ।
कुश्मा नगरपालिकाले विगत वर्षमा सदरमुकाममा एक दिन औपचारिक कार्यक्रम गरेर समापन गर्दै आएको लैगिंक हिँसा बिरुद्धको दिवस यसवर्ष तल्लो वर्ग सम्म पुग्न वडा तहमा पुग्न लागेको बताउनुभयो । कार्यक्रममा नेपाल महिला संघका जिल्ला अध्यक्ष जोगमाया प्रसाई, अन्तरपार्टी महिला सञ्जालका जिल्ला अध्यक्ष मनरुपा शर्मा, गैसस महासंघका अध्यक्ष शिवप्रसाद शर्मा, नेपाल वारका अध्यक्ष चन्द्रबहादुर क्षेत्री , सामाजिक अभियान्ता सरस्वती शर्मा जिज्ञाशु, कुश्मा नगरपालिका ९ का अध्यक्ष कृष्णप्रसाद लामिछाने, व्रह्मकुमारी ईश्वरिय विद्यालयका कुश्माकी सञ्चालिका राधिका लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले कानुनको अक्षरस पालना नहुँदा हिँसा नघटेको बताउनुभयो । कुश्मा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरि पंगेनीले कार्यक्रमको स्वागत गर्नुभएको थियो भने सामाजिक विकास शाखा प्रमुख डिलकुमारी शर्माले लैगिंक हिँसाको विषयमा एक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
उक्त कार्यक्रमको सञ्चालन कुश्मा नगरपालिकाका शाखा अधिकृत धुर्व पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!