
पर्वत– नेपाली भाषा शिक्षक परिषद पर्वतको दोस्रो जिल्ला अधिवेशनले पुनःआनन्द रिमाललाई अध्यक्षमा चयन गरेको छ । अधिवेशन मार्फत गोविन्द पौडेल उपाध्यक्ष, सन्तोष पौडेल सचिव, हिराकुमारी पौडल कोषाध्यक्ष र झलक पौडल सहसचिव सहित ९ सदस्य रहेको नयाँ कार्य समिति चयन गरेको छ ।
अधिवेशनको उद्धघाटन गर्दै कृषि तथा वनविज्ञान विश्व विद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा रामनाथ ओझाले नेपाली भाषाको संरक्षण र प्रवद्र्धन गर्न नेपाली बिषयका शिक्षकहरु नेपाली भाषा ज्ञानमा दक्ष हुन आवश्यक रहेको बताउनुभयो । शिक्षक आफैमा दक्ष हुनसकेमा आम विद्यार्थी वर्गमा नेपाली भाषाको वास्तविक ज्ञान सम्प्रेषण हुन सक्ने बताउँदै, स्वघोषित नेपाली वर्ण विनास अङ्गीकार नगर्न आग्रह गर्नुभएको थियो ।
यस्तै,कुस्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले मुलुकको निति नियम बुझन मात्र नभइ आम सरकारी काम सम्पादन गर्न नेपाली भाषा आवश्यकपर्ने भएकाले यो भाषाको प्रयोगमा हिनताबोध गर्न नहुने बताउनुभएको थियो । दोस्रो अधिवेशन मार्फत अहिले सम्म भएका कामहरुको बारेमा बोल्दै शुभकामना मन्तब्य समेत ब्यक्त गरिएको थियो । सो अवसरमा नेपाली भाषा शिक्षक परिषद् कास्कीका सल्लाहकार बोधराज ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश कोषाध्यक्ष अध्यक्ष हरि बहादुर लामिछाने, जिल्ला शिक्षा समन्वय इकाईका संयोजक उद्धिमराज पौडेल, प्याब्सन नेपालका केन्द्रिय सदस्य बसन्तबहादुर कर्माचार्य, प्राज्ञिक विद्यार्थी परिषदका केन्द्रिय सदस्य पृथ्वीनारायण शर्मा, पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडी, नेल्टा पर्वतका अध्यक्ष देव शर्मा, अन्नपुर्ण बहुमुखी क्याम्पसका प्रध्यापक राजु विक, शिक्षक झलक पौडेल, माधुरी साहित्य प्रतिष्ठानका अध्यक्ष सरस्वती शर्मा जिज्ञासु, नेपाली भाषा शिक्षक परिषद पर्वतका संस्थापक अध्यक्ष बावुराम शर्मा उपाध्याय, आजिवन सदस्य कृष्ण प्रसाद पराजुलीले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा परिषद्को दोस्रो अधिवेशनमा यसको संरक्षण सहित प्रचारप्रसार र खोजअनुसन्धानमा भूमिका निर्वाह गरेको भन्दै संस्थापक अध्यक्ष बावुराम शर्मा उपाध्याय, आजिवन सदस्य कृष्णप्रसाद पराजुजी र पत्रकार रामकृष्ण लामिछानेलाई दोसल्ला र प्रसंसा पत्रले सम्मान गरिएको थियो । नेपाली भाषा शिक्षक परिषद पर्वतका अध्यक्ष आनन्द रिमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
स्वागत मन्तव्य सहसचिव गोबिन्द पौडल, आर्थिक प्रगतिको प्रतिवेदन हिरा कुमारी शर्मा, धन्यवाद मन्तव्य कार्यक्रम व्यवस्थापक नमुना आवासीय माविका संस्थापक प्रन्सिपल इन्द्रमान खत्री र कार्यक्रमको सञ्चालन सचिव सन्तोष पौडेलले गर्नुभएको थियो ।