एनसिई नेपालद्धारा दुई विद्यार्थीलाई सहयोग र अन्रतक्रिया  - News site from Nepal

पर्वत : शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) पर्वत शाखाले पर्वत कुश्माको बालमन्दिर प्राथमिक विद्यालयमा गर्दै आएका दुई जना विद्यार्थीहरुलाई लत्ता कपडा सहयोग गरेको छ ।
संस्थाले चालु शैक्षिक सत्रमा अभिभावकत्व लिएका कक्षा १ मा अध्ययनरत विनिता नेपाली र कक्षा ३ मा अध्ययनरत साजन माझीलाई सहयोग गरेको हो । संस्थाका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले दिनुभएको जानकारी अनुसार उनीहरुलाई हिन्दू नेपालीहरुको महान चाड वडा दशैँ र तिहारको अवसरमा लत्ताकपडा सहित शैक्षिक सामग्री र व्यक्तिगत सरसफाईका सामग्रीहरु प्रदान गरिएको हो । गत बैशाखमा पनि यसैगरी संस्थाले विभिन्न सामग्रीहरु उपलब्ध गराएर अभिभावकत्व लिएको थियो । उपाध्यक्ष पहाडीका अनुसार दुवै जना विद्यार्थीहरुलाई प्रदान गरिने सहयोग कक्षा १२ सम्म निरन्तरता दिइने छ । ‘दिगो विकास लक्ष्य सप्ताह– २०७६’ को अवसरमा आज आयोजित एक कार्यक्रममा ती विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गरिएको हो ।
एनसिई नेपाल पर्वतले १ लाख तीस हजार रुपैयाँको अक्षयकोष स्थापना गरी आर्जित ब्याजबाट यस्तै खालका सहयोगका कार्यक्रमहरु संचालन गर्दै आएको छ । कार्यक्रममा गैसस महासंघ नेपाल, जिल्ला शाखा पर्वतका अध्यक्ष शिवप्रसाद शर्मा, नागरिक समाज सञ्जाल पर्वतका संयोजक मानकुमारी गिरी, पूर्व संयोजक विश्वराज पाण्डेय, प्रविधिमैत्री शिक्षक समाज पर्वतका अध्यक्ष आशिष पौडेललगाायतका व्यक्तित्वहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । छलफलमा सुवासचन्द्र पौडेल, जगन्नाथ शर्मा, एकनारायण चालिसे, दीपेन्द्र शर्मा लम्साल, संगिता सुवेदी, लोकबहादुर राना, फुलराज लामिछाने, गंगा माझी, अर्जुन नेपाली लगायतको सहभागिता रहेको थियो । छलफल कार्यक्रमको सहजीकरण एनसिई नेपालका जिल्ला संयोजक यज्ञप्रसाद शर्मा र स्वागत मन्तब्य सदस्य भिमबहादुर नेपालीले गर्नुभएको थियो ।
यसैबीच, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) जिल्ला समन्वय समिति पर्वतको अगुवाई तथा गैसस महासंघ जिल्ला शाखा पर्वतसँगको समन्वयमा दिगो विकास लक्ष्य सप्ताहको सन्दर्भमा सरोकारवालाहरुको बीचमा छलफल गरिएको छ । कुश्मा नगरपालिकाका उपप्रमुखसीता काफ्ले लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न छलफल कार्यक्रममा सरोकारवालाहरुले दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि नेपालले गरेका प्रतिबद्धता पूरा गर्नका लागि सबै पक्षले इमान्दारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका छन । उपप्रमुख काफ्लेले शिक्षा क्षेत्र नै सबै विकासको आधार भएकाले गुुणस्तरीय सार्वजनिक शिक्षालाई सर्वसुलभ बनाइनुपर्ने आवस्यकता औंल्याउनुभयो । उहाँले आफूले केही समय अघि काठमाण्डौंमा एनसिई नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदाका अनुभवहरु पनि सहभागीहरुका बीचमा सुनाउनुभयो ।
छलफल कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सचिव देवीप्रसाद तिमिल्सिनाले दिगो विकास लक्ष्यले समेटेका प्रमुख सवालका बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा एनसिई नेपालको केन्द्रीय उपाध्यक्षमा निर्वा्चित हुनुभएका राजेन्द्र पहाडीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिइएको थियो । यसैगरी प्रविधिमैत्री शिक्षक समाज पर्वतका नवनिर्वाचित अध्यक्ष आशिष पौडेल र एनसिई नेपाल पर्वतका सदस्य हरीदत्त शर्मालाई स्थायी शिक्षकका रुपमा छनोट हुनुभएकोमा बधाई ज्ञापन गरिएको छ । एनसिई जिल्ला सदस्य कविता विश्वकर्माले एनसिई नेपालको हालै काठमाण्डौंमा सम्पन्न साधारणसभा तथा अधिवेशनका बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari