
पर्वत– जिल्लाको सवैभन्दा पुरानो विद्यालय भवानी विद्यापीड मावि भौतिक पूर्वाधारले सम्पन्न हुन थालेको छ । शैक्षिक गुणस्तरको हिसावले पनि अब्बल मानिएको विद्यालय नमुना विद्यालयको रुपमा अघि बढेको छ ।
यसैबीच नमुना बिद्यालय बिकास सुधार गुरु योजना अन्तर्गत विद्यालयमा नयाँ भवन निर्माण कार्य शुरु भएको छ । झण्डै एक करोडको लागतमा तीन तले ९ कोठाको पक्की भवन निर्माण शुरु भएकोे बिधालयका प्रद्यानाध्यापक अर्जुनकुमार रेग्मीले जानकारी दिनुभयो ।
निर्माणाधिन भवनको फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीले शिलान्यास गर्नुभयो । सो अवसरमा बोल्दै उपप्रमुख अधिकारीले अब गुणस्तरीय शिक्षाको खोजी गर्दै गाउँ छाडेर बाहिरीनु पर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । उहाँले फलेवास नगरपालिका भित्रका सवै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर राम्रो रहेको बताउनुभयो । उहाँले उक्त भवन मापदण्ड अनुसार काम गरि समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।
भवन निर्माणका लागि स्थानीय रमाकान्त शर्माको संयोजकत्वमा ९ सदस्यीय निर्माण समिति गठन भएको छ । सबै निर्माण सामाग्री उपलब्ध भएकाले भवन निर्माण तोकिएको समयमै सम्पन्न हुने संयोजक शर्माले बताउनुभयो ।
भवन निर्माण शिलान्यास कार्यक्रममा बिधालयका शिक्षक, बिद्यार्थी, जनप्रतिनिधि, अभिभावक लगायतको सहभागिता रहेको थियो । जिल्लाकै पुरानो उक्त बिधालय नेपाल सरकार शिक्षा मन्त्रालयबाट नमुना बिधालयको रूपमा छनोट भएको छ ।